उपत्यकाका १० ठाउँमा हैजाको संक्रमण


काठमाडौँ — काठमाडौं उपत्यकाका १० ठाउँमा १२ जनामा हैजाको संक्रमण पुष्टि भइको छ । उपत्यकामा हैजाका बिरामी थपिने क्रम नरोकिएपछि विज्ञहरुले पानी र खानेकुरामा विशेष सावधानी नअपनाए स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन् ।

दुई साताअघि बागबजारमा डेरा गरी बस्ने दिदीबहिनीमा पहिलो पटक हैजा देखिएको थियो । त्यसयता यसको संक्रमण क्रमशस् विस्तार हुने क्रममा छ । डिल्लीबजार, सानेपा, कपन, बालाजु, थानकोट, बल्खु, खसी बजार, नैकाप र कोटेश्वरमा हैजा पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का निर्देशक डा। चुमनलाल दासले बिरामीको संख्या वृद्घि हुँदै गएको बताए । उनका अनुसार पाटन अस्पताल र वयोधा अस्पतालमा एकएक जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २ जना हैजाका बिरामी उपचाररत छन् ।

प्रदूषित पानी र स्ट्रिट फुडका कारण हैजा फैलिरहेको आशंका गरिएको छ । ‘राजधानीमा उपयोग हुने जार, धारा, बोरिङ, टयुबेलको पानीमा इ–कोलाइ, कोलिफर्म देखिएको छ,’ डा। दासले भने, ‘पानी शुद्घ नरहेसम्म हैजाको बिस्तार रोक्न सहज हुँदैन ।’ सानेपाबाट संकलित ८ वटा पानीको नमूनामध्ये ५ वटामा इ–कोलाइ जीवाणु पाइएको प्रतिवेदन सोमबार आएको हो । ‘आन्द्रामा पाइने इ–कोलाइले पानी संक्रमित रहनुको अर्थ यसमा दिसा मिसिएको बुझ्नुपर्छ,’ उनले भने । डिल्लीबजारबाट संकलित पानीको नमुनामध्ये २ वटा र बागबजारबाट संकलित नमुनामध्ये ३ वटामा इ–कोलाइ र कोलिफर्म भेटिएको छ । थानकोट र बल्खुको पानीको रिपोर्ट भने आएको छैन ।

स्कूल, कलेज, कार्यालयहरुको क्यान्टिनको सरसफाई र खानेकुराको गुणस्तरमा पनि ध्यान दिन विज्ञहरुले सुझाएका छन् । विद्यार्थीलाई नङ काट्ने, नुहाउने र सरसफाईमा ध्यान दिनेबारे जानकारी दिइराख्न पनि उनीहरुले आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले हैजा फैलिनुको कारण र यसको नियन्त्रणका लागि गरिएका प्रयासबारे बताएका थिए । हैजा नियन्त्रणका लागि विभिन्न सरोकारवालासँगको सहकार्यमा नियन्त्रणको प्रयास भइरहेको उनीहरुले जानकारी गराए ।

क्याटेगोरी : विविध, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #हैजा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com