‘प्रेमी’को घरमा गएर वितण्डा मच्चाउने स्वास्थ्य राज्यमन्त्री वलीद्वारा राजीनामा


काठमाडौं । लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।

‘प्रेमी’ एकराज बस्नतको घरमा गएर वितण्डा मच्चाउने स्वास्थ्य राज्यमन्त्री वलीले आज पदबाट राजीनामा दिएकी हुन् । यो घटनालगत्तै वलीमाथि छानबिन गर्न समितिनै गठन गरिएको थियो । ‘प्रेमी’ दाबी गरिएका बस्नेतले पनि आफ्नो घरमा आएर वितण्डा मच्चाउने वलीलाई कारबाही गर्न माग गरेका थिए ।

‘प्रेमी’ दाबी गर्ने बस्नेतको घरमा प्रवेश गरेर श्रीमती र छोरीलाई हातपात गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी समक्ष राजीनामा बुझाएकी हुन् ।

मेरो एकराज खोई भन्दै दाङको तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर स्वास्थ्य राजमन्त्री वलीले बस्नेतको श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् । गाउँहरु मिलेर राज्यमन्त्री वलीलाई कालोमसो दल्ने तयारी गरिरहेको अवस्थामा उनलाई प्रहरीले उद्धार गरेको थियो ।

लुम्बिनी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्य राज्यमन्त्री वलीलाई बर्खास्त गर्न सदनमा आवज उठाएको थियो ।  बजेट फेल भएर सरकार ढल्ने डरले मुख्यमन्त्री केसी स्वास्थ्य राज्यमन्त्री वलीलाई बर्खास्त गरेनन् । छानबिन समितिले प्रदिवेदन दिनु अघि उनले पदबाट राजीनामा दिएर हिंडेकी छिन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com