स्वास्थ्य पार्कसहितका नयाँ कार्यक्रम ल्याइएको पर्यटनमन्त्री श्रेष्ठको दाबी


काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को बजेटमा स्वास्थ्य पार्कसहितका नयाँ कार्यक्रम समेटिएको दाबी गरेका छन् । बागमती प्रदेश सभामा बजेटमाथिको छलफल कार्यक्रममा प्रदेश सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त जवाफ दिएका हुन् ।

पर्यटनमन्त्री श्रेष्ठले पर्यटनलाई स्वास्थ्य, खेलकुद र चलचित्रसँग जोडेर आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याइएको बताए ।

पर्यटनमन्त्री श्रेष्ठले मेडिकल टुरिजम, मेडिकल म्युजियम, रक क्लाम्बिङ जस्ता साहसिक पर्यटनका कार्यक्रम समावेश गरेर बजेट ल्याएको उनको भनाइ छ । संस्कृति तथा पर्यटन मन्त्रालयले मेडिकल टुरिजम, मेडिकल म्युजियमलगायतका स्वास्थ्यका महत्त्वपूर्ण कार्यक्रमहरू बजेटमा समावेश गरिएको पर्यटनमन्त्री श्रेष्ठको स्पष्टोक्ति छ ।

साहसिक पर्यटन र खेलकुदसँग जोडिएका रक क्लाइम्बिङ र क्यानोपी वाक जस्ता पूर्वाधार विकास र विस्तारका लागि महत्त्वपूर्ण कार्यक्रमहरू बजेटमा समावेश गरिएको पर्यटनमन्त्री श्रेष्ठले प्रदेश सभामा स्पष्ट पारेका छन् ।

रसुवाको क्याङजिङमा प्राकृतिक वाल क्लाम्बिङ ट्रेनिङ सेन्टर, चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि क्यानोपी वाक र काठमाडौंको प्रदर्शनी मार्गका चिकित्सा संग्राहलय बनाउने जस्ता महत्त्वपूर्ण कार्यक्रम रहेेको पर्यटनमन्त्री श्रेष्ठले सुनाए ।

काठमाडाैंमा पर्यटनका कार्यक्रम परेको भन्ने प्रदेश सभा सदस्यहरुको गुनासोमा उनले सम्पदा पदमार्ग, गणेशमान सिंह पार्क जरसिंह पौवा, ज्यापु गुठी, पशुपति क्षेत्र विकास कोष परिसरमा कृयापुत्री भवन, महाप्रज्ञा आश्रम, सत्संग भवन, मैैैैैैैतीदेवी मन्दिरलगायत महत्त्वपूर्ण ठाउँमा बजेट राखिएको उनले बताए । काठमाडौंका संस्कृति तथा पर्यटन क्षेत्रमा पहिलोपटक सबैभन्दा बढी बजेट परेको पर्यटनमन्त्री श्रेष्ठको दाबी छ । उनले आफूले अघि सारेको वसन्तपुर-स्वयम्भू सम्पदा पदमार्ग निर्माणका लागि संघीय पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पनि चासो देखाएकोमा धन्यवाद दिएका छन् ।

काठमाडौंको बुद्धनगर, बानेश्वर, अनामनगरलगायतका ठाउँमा रहेका सार्वजनिक जग्गामा स्वास्थ्य पार्क बनाउन आवश्यक बजेट विनियोजन गरेको पर्यटनमन्त्री श्रेष्ठले जनाए ।

बागमती प्रदेशले पहिचान गरेका पर्यटकीय गन्तव्य, कला, संस्कृतिहरुको छायाङ्कन गरी चलचित्र निर्माण गर्नेलाई अनुदान दिने पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ ।

नेपाली चलचित्रको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारले पहिचान गरेका पर्यटकीय गन्तव्य, कला, संस्कृतिहरुको छायाङ्कन गरी चलचित्र निर्माण गर्न प्रोत्साहन गर्न उक्त कार्यक्रम ल्याइएको उनले जानकारी दिए ।

यो कार्यक्रमलाई काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले आत्मसात गरेकोमा पर्यटनमन्त्री श्रेष्ठले प्रशंशा समेत गरे । पर्यटनमन्त्री श्रेष्ठले बजेटमार्फत मकवानपुरको इन्द्रसरोवर, दामन, पालुङलगायतका ठाउँलाई फिल्म सिटीको रुपमा विकास र विस्तार गर्ने योजना समेत रहेको बताए ।  उनले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेकाले मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिद, चर्चलगायतमा बढी बजेट परेको स्पष्ट पारे । यद्यपि पर्यटन मन्त्रालयमा कम बजेट रहेकाले महत्त्वपूर्ण कार्यक्रम छुटेको उनको भनाइ छ ।

भ्यू टावर, स्विमिङ पुललगायतका अनुत्पादक र अनावश्यक क्षेत्रमा बजेट दुरुपयोग नगरिएको पर्यटनमन्त्री श्रेष्ठको धारणा छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँ, #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय, #स्वास्थ्य पार्क

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com