एनएमएका महासचिव डा. रिजालको पहलमा कुश्मा स्वास्थ्य चौकीले एम्बुलेन्स पायो


काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)का महासचिव डा. बद्री रिजालको पहलमा पर्वतको कुश्मा स्वास्थ्य चौकीले एम्बुलेन्स पायो छ ।

भारत सरकारले भारतीय राजदूतावासमार्फत कुश्मा स्वस्थ्य चौकी पाङ्गाका लागि उपहार स्वरुप एम्बुलेन्स दिएको हो । यो एम्बुलेन्स प्राप्त गर्नुमा डा. रिजालको महत्त्वपूर्ण भूमिका रहेको रुद्र रिजालको बताए । डा. रिजालको पहलमा ‘नेपाल-भारत सहयोग कार्यक्रम”मार्फत भारतीय दुतासवास काठमाडौंद्वारा कुश्मा स्वस्थ्य चौकी पाङ्गाको लागि उपहारस्वरुप एम्बुलेन्स प्राप्त भएको छ । कार्यक्रमको लागि प्रपोजल तयार पार्नेदेखि प्रकृया टुङ्गाएर एम्बुलेन्सको स्वामित्व ग्रहण गर्ने बेलासम्म प्रकाश रिजाल र स्वस्थ चौकी इन्चार्ज जितेन्द्र ठाकुरको पनि उत्तिकै भूमिका रहेको छ ‘, उनले भने ।

पाङ्गा स्वास्थ्य चौकीलाई एम्बुलेन्स दिलाउन पहल गर्ने डा. रिजाललाई स्थानीयले धन्यवाद समेत दिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com