हेटौंडा र भक्तपुरमा पनि हैजा संक्रमति भेटियो


काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ दुवाकोट र हेटौंडा उप महानगरपालिकामा हैजाका बिरामी भेटिएका छन् । काठमाडौं बाहिर हैजा दिएको यो पहिलो पटक हो । यसअघि काठमाडौंमा १९ जना संक्रमति भेटेका थिए । उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।

भक्तपुरका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । हालसम्म २१ जना हैजाका संक्रमित पुष्टि भइसकेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुम्मनलाल दासले बताए ।

 

 

 

 

क्याटेगोरी : विविध, समाचार
ट्याग : #चाँगुनारायण नगरपालिका, #हेटौंडा उप महानगरपालिका

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com