बेलायतका स्वास्थ्यमन्त्रीको राष्ट्र हितमा पदत्याग, नेपालका स्वास्थ्यमन्त्री माफियाको घेरामा


काठमाडौं ।  बेलायतका स्वास्थ्यमन्त्री साजिद जावेदले राष्ट्र हितमा पदत्याग गरेका छन् । उनले सरकार राष्ट्र हितविपरीत र जनअपेक्षा अनुसार नचलेको भन्दै राष्ट्र हितका लागि पदबाट राजीनामा दिएका हुन् । तर नेपालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई मेडिकल माफियाले घेराबन्दीमा पारेका छन् । सोझो भएको मौका पारि उनलाई माफियाहरुले बिभिन्न दवाव दिएको बुझिएको छ ।

राष्ट्रमा डलर अभाव भएर अर्थतन्त्र टाट पल्टिन लागेको बेला माफिया विशाल पण्डितको स्वार्थमा विश्व बैंकसँग पैसा मागेर करोडौंको उपकरण खरिद गर्न नेपालका स्वास्थ्यमन्त्री तल्लिन छन् । अघिल्ला मन्त्रीले गरेको राष्ट्रघाती निर्णयको भागिदार हाल खापुङ् बन्न पुगेका छन् ।

नेपाल आयल निगमले तेल खरिद गर्दा अर्थ तन्त्रमा नकारात्मक असर पर्ने कारण देखाउँदै कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको छ । यसअघि इन्धनको खपत घटाउन सरकारले हप्ताको दुईदिन शनिबार र आइतबार बिदा दिने निर्णय समेत कार्यान्वयनमा ल्यायो यद्यपि उक्त निर्णय एकमहिना पनि टिक्न सकेन ।

बेलायतमा सामान्य समस्या देखिँदा समेत स्वास्थ्यमन्त्री जावेदले प्रधानमन्त्री बोरिस जोन्सनमा राष्ट्रिय हित अनुकूल सरकार चलाउने क्षमता नभएको आरोपमा राष्ट्र हितमा पद त्यागेका छन् ।

नेपालका स्वास्थ्य अधिकारीहरु भने विशाल पण्डितसँग मिलेर १९ करोडको इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम खरिदका लागि माफिया हितमा तल्लिन देखिन्छन् । माफियाको हितमा भएको उक्त कार्य स्वास्थ्य मन्त्री खापुङले तत्काल रोक्नु पर्छ । अन्यथा उनि पनि यो कार्यमा सम्लग्न भएको पुष्टि हुने छ ।

पूर्वाधार र जनशक्तिको प्रक्षेपण बिना नै आधारभूत अस्पतालका लागि भन्दै माफिया पोस्न स्वास्थ्य मन्त्रालयले असारको अन्तिममा उक्त उपकरण खरिद गर्न लागेको हो ।

मुलुकको अर्थतन्त्र टाट पल्टिन लागेको बेला स्वास्थ्य मन्त्रालयले केही समय अगाडी माफिया पण्डितको हस्पिटेक प्रालिलाई मात्रै मिल्नेगरी त्यसमा पनि वर्षौ अगाडीको पुरानो स्पेकका आधारमा १९ करोडको उक्त उपकरण खरिदको ठेक्का दिन लागेको हो ।

नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायतले अनावश्यक सामान खरिद नगर्न निर्देशन दिँदै आएको छ । तर स्वास्थ्य मन्त्रालयले त्यसको कुनै परबाह नगरी करोडौंको उपकरण खरिद गरेर राष्ट्र हितविपरीत माफिया हितमा लागेको पाइन्छ ।

बेलायती स्वास्थ्यमन्त्रीकोभन्दा विपरीत दिशामा नेपालका स्वास्थ्यमन्त्री हिंडेका छन् । राष्ट्र हितविपरीत काम गर्ने बेलायती प्रधानमन्त्री पदमा बस्ने नैतिकता गुमाइसकेको स्वास्थ्यमन्त्री जावेदको दाबी जस्तै नेपालका स्वास्थ्यमन्त्रीमाथि मात्र हैन प्रधानमन्त्रीसम्म खरिद रद्ध नभए यो आक्षेप लाग्ने सम्भावना छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : ##विशाल पण्डित, #इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम, #माफिया, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com