विशाल पण्डितसँगको सेटिङमा भएको ठेक्कामा अख्तियारले छानबिन गर्ने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशाल पण्डितसँगको सेटिङमा खोलिएको ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने तयारी थालेको छ ।

अख्तियारले हस्पिटेक प्रालिलाई मात्र मिल्ने स्पेसिफिकेसन्स बनाएर खरिद गर्न लागेको इन्टीग्रेटेड वेस्ट हस्पिटल म्यानेजमेन्ट सिष्टम खरिदमाथि छानबिन गर्न लागेको हो । मिडियाका आएका विषयहरुलाई अख्तियारले छानबिनको दायारमा ल्याउने अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारी जनाए ।

माफियाको सेटिङमा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामार्फत करोडौंको उपकरण खरिद हुन लागेको विषयलाई अख्तियारले चासो दिएको हो । मुलुक आर्थिक संकटमा परेको बेला आवश्यक पूर्वाधार र जनशक्तिबिनै स्वास्थ्यले विशाल पण्डितसँगको सेटिङमा करोडौंको उपकरण खरिद गर्न लागेको हो ।

कमिसन चक्कर निर्वतमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले उक्त टेण्डर खोल्न दबाब दिएका थिए । पण्डितसँग मिलेमतोमा उनले करोडौंको ठेक्का बिनाप्रतिस्पर्धा दिने प्रपञ्च मिलाएका हुन् । तर अहिले ठेक्कामा मिलेमतो भएको खुल्न आएपछि चौतर्फी रुपमा रोक्न दबाब परेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com