संकटमा श्रीलंकाका, राष्ट्रपति राजीनामा दिन तयार


काठमाडौं । श्रीलंका आर्थिक संकट सामना गरिरहेको सत्ताविरुद्ध प्रदर्शन चर्को बन्दै गएपछि राष्ट्रपति गोटाबाया राजपाक्ष र प्रधानमन्त्री रणिल विक्रमासिंघे राजीनामा दिन तयार भएका छन्  ।  राष्ट्रपति गोटाबाया राजापाक्षेले आगामी बुधबार राजीनामा दिने भएका छन्। प्रदर्शनकारीले आर्थिक संकटका बीच महिनौंदेखि राष्ट्रपति विरोध सडकमा उत्रेका थिए ।

Sri Lankan anti government protesters invade the president's office during a protest at Colombo

शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए। सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ।

यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घरमा आइतबार आगजनी गरेका छन्। ‘प्रदर्शनकारीहरूले प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रवेश गरी आगजनी गरेका छन्।

प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरिए पनि उनीहरु प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए। प्रदर्शनकारीले प्रधानमन्त्रीको गाडीमा तोडफोड गरेका थिए।

मे महिनामा प्रधानमन्त्रीमा नियुक्त भएका विक्रमासिंघेले पनि सरकारको निरन्तरता र सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : ##आर्थिक संकट, #राष्ट्रपति गोटाबाया राजापाक्षे, #श्रीलंका

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com