काठमाडौंको फोहोर सीधै धोबीखोलामा हालियो


काठमाडौं । काठमाडौं महानगरपालिकाको मध्यभाग हुँदै बग्ने धोबीखोलामा काठमाडौंको फोहोर फ्याकिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले टेकुमा रहेको फोहोर प्लाटिकले छोपेर दुर्गन्ध फैलिन नदिएको बताइरहँदा रातोपुल आसपासको फोहोर बुल्डोजर लगाएर धोबीखोलामा फ्याल्ने काम भएको छ ।  एकाबिहानै डोजरले फोहोरको थुप्रो उचाल्दै धोबीखोलाको पानीमा हालिदिएको हो ।

काठमाडौंको फोहोरबाट हैजाको महामारी फैलिन सक्ने जनस्वास्थ्यविद्ले चेतावनी दिइरहँदा महानगरको सिंहदरबार नजिकै भएर बग्ने धोबीखोलामा फोहोर व्यवस्थापन गर्ने काम भएको छ । यो विषयमा काठमाडौं महानगरपालिकाले कुनै प्रतिक्रिया दिएको छैन । खोलाको पानीमा फोहोरको थुप्रो मिसाइदिँदा पानी नै दुषित र दुर्गन्धित भएर काठमाडौंमा अर्को महामारी फैलने खतरा देखिएको छ ।

यो विषयमा जिम्मेवार निकायले बेलैमा होस् नपुर्‍याउने हो भने धाबीखोलाबाट अर्को महामारी नफैलेला भन्न सकिन्न ।खोलाको पानीमा फोहोर फ्याल्नु आपराधिक क्रियाकलाप समेत हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com