‘डायलायसीस र मीर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्यो’ : स्वास्थ्य राज्यमन्त्री


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले बिरामीमैत्री सेवा प्रबाह गर्न निर्देशन दिए । प्रत्यारोपण केन्द्रको अनुगमन गर्दै मन्त्री केसीले डायलायसीस गर्न र मीर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई निराकरण गर्नुपर्ने बताए

उनले भने, ‘अहिलेपनि सजिलैसंग केन्द्रबाट डायलायसीस नभएको सुनिन्छ । निकै पालो कुर्नुपर्ने अवस्था छ । यस्तै, प्रत्यारोपण गर्न निकै समय लाग्छ । यो अवस्थाको अन्त्य गर्नुपर्छ । बरु के गर्नुपर्छ मैले मेरो तर्फबाट पहल गर्छु । बिरामीलाई दुःख नदिनुहोस ।’ प्रत्यारोपण केन्द्रमा नाम टिपाएका सबैको पालो आउन समय लाग्ने समस्याको हल गर्न आवश्यक रहेको बताए । उनले अहिलेपनि शैया नपाएर बिरामी मर्कामा पर्ने गरेको बताए । केसीले भने, के गर्नुपर्छ मैले सहजीकरण गर्छु ।

राज्यमन्त्री केसीले भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गर्दै चिकित्सहरु सीमित स्रोत साधनका बाबजुत रातदिन खटेर सेवा प्रवाह गरेको भन्दै अस्पताललाई धन्यवाद दिए । उनले भने, ‘बाहिर चिकित्सकबाट वा अस्पतालबाट लापरबाही भएको सुन्छौं । खट्ने मान्छे विहानै देखि बेलुकीसम्म खट्नुहुन्छ । कम्तीमा यस अस्पतालमा ५ सय शैया आवश्यक देख्छु । त्यति भयो भने १५÷२० वर्ष देख्छौं ।’

अस्पतालको स्तरवृद्धि गर्न आफूले पहल गर्ने बताए । अस्पतालमा भवनको समस्या देखिएको भन्दै सरकारको तर्फबाट भूमिका खेल्ने बताए । यता राज्यमन्त्री केसीले लामो समयदेखि क्यान्सर अस्पतालमा करारको रुपमा काम गर्ने बाध्यताको हल गर्न पहल थाल्ने बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com