छद्म नामबाट राजनीतिमा सक्रिय स्वास्थ्यका अधिकारी


काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम. अधिकारीको छद्म नाम चर्चामा रहेको छ ।

एम. अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी(खोटाङ) कै छद्म नाम हो भनेर दाबी गरिएको छ । तर नेकपा एमालेका अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले भने खोटाङका एम. अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पार्न खोजेका छन् । उनले एम. अधिकारी महाप्रसाद अधिकारी नभएको प्रष्ट पार्न खोजेपनि विभागको सदस्यमा मनोनित एम. अधिकारी को हुन् भनेर खुलाउन भने सकेका छैनन् ।

सरकारी जिम्मेवारीमा रहेर छद्म नामबाट राजनीतिमा सक्रिय हुने एम. अधिकारी पहिलो व्यक्ति हैनन् । स्वास्थ्य सेवाको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर छद्म नामबाट राजनीति गर्ने प्रशस्तै छन् । यो विषयमा स्वास्थ्य लाइभले पहिला नै खुलास गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी राजनीतिमा संलग्न भएको खुलेको थियो । माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागमा छद्म नामबाट स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनी राजनीतिमा संलग्न रहेका छन् । उनी छद्म नाम डा. जि. आर. लोहनीबाट माओवादी केन्द्रमा सक्रिय रहँदै आएका छन् ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा अन्तर्गत कार्यरत उपसचिव गुणनिधि शर्मा पनि छद्म नामबाट माओवादी केन्द्र राजनीतिमा संलग्न रहँदै आएका छन् । उनको छद्म नाम डा. जि. एन. शर्मा हो ।

 

हालै नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागमा छद्म नामबाट स्वास्थ्य बीमा बोर्डका सदस्य डा. सुरेश तिवारी सदस्य बनेको खुल्न आएको छ । उनी डा. एस तिवारीको छद्म नामबाट एमालेको राजनीति सक्रिय रहँदै आएको पाइएको छ । डा. सुरेश तिवारी स्वास्थ्य क्षेत्रका ‘आइएनजिओ’ माफियाको रुपमा समेत परिचित छन् ।

सरकारी जिम्मेवारीमा रहेकाहरु  यसरी नै छद्म नामबाट पार्टीको राजनीतिमा सक्रिय हुने गरेका छन् । एम. अधिकारीले यो प्रकरणलाई   सतहमा ल्याइदिएको मात्र हो ।

क्याटेगोरी : समाचार
ट्याग : #छद्म नामबाट राजनीतिमा सक्रिय, #डा. गुणनिधि शर्मा, #डा. गुणराज लोहनी, #डा. सुरेश तिवारी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com