स्वास्थ्य क्षेत्रका ‘आइएनजिओ’ माफिया तिवारी पनि एमालेको स्वास्थ्य विभागमा


काठमाडौं । स्वास्थ्य क्षेत्रका ‘आइएनजिओ’ माफियाको रुपमा परिचित डा. सुरेश तिवारी पनि नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागको सदस्यमा मनोनित भएको खुलासा भएको छ । स्वास्थ्य बीमा बोर्डका सदस्य समेत रहेका सुर्खेतका तिवारी डा. एस तिवारीको छद्म नामबाट एमाले स्वास्थ्य विभागको सदस्यमा मनोनित भएको खुल्न आएको हो ।

योगेश भट्टराईको नेतृत्वमा गठित उक्त विभागमा बेलायती आइएनजिओ अक्सफोर्ड पोलिसी म्यानेजमेण्ट (ओपीएम) नेपालका कन्ट्री डाइरेक्टर रहेका तिवारी डा. एस तिवारीको नामबाट सदस्यमा मनोनित भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरु नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रम (एनएचएसएसपी)सँग संलग्न तिवारीले पार्टीको सदस्य बनेर संस्था र सुशासनको धज्जी उडाएको टिप्पणी गर्छन् ।

बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआईडी/युकेएड) को आर्थिक सहयोग हेर्दै र प्रयोग गर्दै आएको एनएचएसएसपीमा कृष्णप्रसाद शर्मा (गौतम), डा. सुशील बराल र डा. सुरेश तिवारी संलग्न छन् ।  स्वास्थ्य मन्त्रालय कब्जा गरेर बसेको एनएचएसएसपीमा संलग्न डा. तिवारी एमालेको स्वास्थ्य विभागमा मनोनित भएसँगै नेपाललाई डिएफआईडी/युकेएडले स्वास्थ्य क्षेत्रका लागि भनेर दिएको आर्थिक सहयोगको पारदर्शिता सम्बन्धी गम्भीर प्रश्न खडा भएको छ ।

डा. तिवारीले तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालसँग सेटिङ मिलाएर छोरी सुभेक्षालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालमा जागिर खुवाएका थिए । स्वास्थ्य क्षेत्रमा डा. तिवारीको भूमिकामाथि प्रश्न उठिरहेको बेला एमालेको स्वास्थ्य विभाग सदस्यमा मनोनित हुनुले उनीमाथि झन प्रश्न उठेको छ ।   एमालेको स्वास्थ्य विभागमा न्याम्सको रजिष्ट्रार प्रमिला देवानदेखि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीसम्म मनोनित भएको तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ । उक्त विभागमा स्वास्थ्य क्षेत्रका ‘आइएनजिओ’ माफियाको रुपमा परिचित डा. तिवारी पनि मनोनित भएको अर्को तथ्य फेला परेको हो ।

एमालेको  अर्थ तथा योजना विभागको सदस्यमा मनोनित खोटाङका एम अधिकारीले तहल्का मच्चाइरहेको बेला स्वास्थ्य विभागमा डा. एस तिवारी छद्म नामबाट उनी मनोनित भएकाे देखिन्छ ।

क्याटेगोरी : सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com