कोभिडको चौथो छाल सुरु

अस्पतालमा स्वास्थ्यकर्मी संकट ! भएकाहरुको म्याद थपको फायल पनि स्वास्थ्यमा अड्कियो


काठमाडौं ।  नेपालमा कोरोना भाइरसको चौथो छाल सुरु भएको छ । यस पटकको सुरुवातमै स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेका छन् । स्वास्थ्यका मापदण्डको पालना नगरी उपचारका लागि अस्पताल पुग्ने बिरामी र अन्य सर्वसाधारणबाट संक्रमण तिब्र रुपमा फैलिरहेको छ । २४ असारबाट तिब्र गतिमा कोरोना भाइरस संक्रमण बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

कोरोना दोब्बरले दबढिरहेको छ । यता सरकारले कोरोना कालमा नियुक्त गरेका स्वास्थ्यकर्मीहरुको म्याद असार ३० गतेबाट सकिदैछ । कोरोना संक्रमण तिब्र रुपमा बढ्नु र अस्पतालमा चिकित्सक, नर्स सुरुवातमै संक्रमित हुनुले देशमा यस पटक पनि स्वास्थ्यकर्मी र कोरोनाको संकट आउने अनुमान स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले गरेका छन् ।

चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा चिकित्सक, नर्स गरेर १० जना संक्रमित भएका छन् । यता देशको एक मात्रै सरुवा रोग अस्पतालमा पनि बिहीबार एक जना नर्स संक्रमित भएको अस्पतालका सुचना अधिकारी नवराज गौतमले बताए । यता शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सक, नर्स गरेर ५ जना कोरोना संक्रमित भएको चिकित्सक सन्तकुमार दासले बताए ।

२९ असारमा १७० जना कोरोना पुष्टि भएकोमा ३० गते २ सय ६० भन्दा बढी पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । यस बिचमा एक जना भेन्टिलेटरमा पुगेका छन् । त्यस्तै १४ जना सघन उपचार कक्ष आइसियुमा पुगेका छन् । करिब शुन्य अवस्थामा पुगेको संक्रमण एक्कासी बढेको हो । आइसियु र भेन्टिलेटरमा पुगेको संख्या थुप्रै दिन पछिको हो ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारी चौथो छाल पनि तिब्र गतिमा बढेको बताउँछन् । तर, विगमा जस्तो कति पुग्छ भन्ने प्रक्षेपण भने मन्त्रालयले गरेको छैन । यही अवस्थामा केस बढे अस्पतालमा विगतमा जस्तो चाप बढ्ने अनुमान अधिकारीहरुको छ । यस्तो अवस्थामा पनि स्वास्थ्यकर्मीको म्याद थपको फायल मन्त्रालयमा होल्ड गरेर राख्नु लज्जाको विषय हो ।

यस्तो समयमा ज्यान जोखिममा राखेर काम गरेका स्वास्थ्यकर्मीको म्याद थप फायल मन्त्रालय पुगेको केही मिनेटमा सदर हुनुपर्छ । अनि मात्रै उनिहरुले दिएको सेवाको कदर हुन्छ । जसले गर्दा अहिले देखिएको चौथो छालको लडाइमा थप हौसला सहित स्वास्थ्यकर्मी मैदानमा उत्रन सक्छन् । कर्मचारीको सम्मान गर्न नजान्ने सेवा मात्रै खोज्ने स्वास्थ्य मन्त्रालयको नेतृत्वले कहिल्यै जनताको हितमा काम गर्न सक्दैन । आफ्नो स्वार्थका काम अगाडीको मितिमा गर्न सक्नेहरुले करारमा जागिर खाएका स्वास्थ्यकर्मीको म्याद थप गर्नलाइ महाभारत भएको छ । यस्ता कर्मचारीले स्वास्थ्य सेवालाई छिटो छरितो र गुणस्तरीय बनाउँछु भनेर कसरी बिश्वास गर्ने ।

टेकु अस्पतालका सुचना अधिकारी मन्त्रालयमा म्याद थपको फायल अड्किएको बताउँछन् । अस्पतालमा धमाधम संक्रमित आउन थाले तर, स्वास्थ्यकर्मीको फायल मन्त्रालयमा अड्किएको छ । तत्काल म्याद थप नभए साउन १ गतेबाट सेवा प्रवाहमा गंभिर समस्या आउने बताउँछन् । यता वीर अस्पतालमा पनि सेवा अवरुद्ध हुने भएको छ ।

स्थाई चिकित्सक नर्स कोभिड संक्रमितको उपचारमा प्रत्यक्ष सहभागी नहुने उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीको म्याद थप नहुने, यसले गर्दा बिरामीको उपचारमा गंभिर समस्या हुने देखिएको छ । स्वास्थ्य मन्त्रालयले समय हुदै ध्यान पु¥याएन भने दोस्रो छालमा जस्तो सामान्य सेवा समेत नपाएर धेरैले ज्यान गुमाउनु पर्ने हुन सक्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com