अमेरिकाका ४३ वटा राज्यमा एक हजारभन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि


अमेरिकाका ४३ वटा राज्यमा बुधबारसम्म मंकीपक्स संक्रमण भएको एक हजारभन्दा बढी व्यक्तिमा पुष्टि गरेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० ले जारी गरेको तथ्यांकअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मंकीपक्स बिरामी पुष्टि भएको छ।

जारी तथ्यांकअनुसार न्यूयोर्कमा १५९ र इलिनोइमा १५२ जनामा उक्त रोग संक्रमण पुष्टि भएको सीडीसीले जनाएका छन । अमेरिकी स्वास्थ्य तथा मानवसेवा विभागको पछिल्लो तथ्यांकअनुसार बिफर र मंकीपक्स रोकथामका लागि संकेत गरिएको अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोप ९जेवाईएनएनईओएस० को १ लाख ३२ हजारभन्दा बढी मात्रा मुलुकभरी लगाएका छन ।

स्रोतका अनुसार अमेरीकामा संक्रमित बढ्दै गएपछि स्थानीय स्तरमा मंकीपक्सको खोपको अभाव देखिएको छ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अमेरिका, #मंकीपक्स संक्रमण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com