डीनको निर्देशनमा राष्ट्रपतिका लागि शिक्षण अस्पतालले सेवा बन्दको सूचना निकाल्यो


काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)की डीन डा. दिव्या सिंह शाहको निर्देशनमा राष्ट्रपतिका लागि शिक्षण अस्पतालले आकस्मिकबाहेकको सेवा बन्द गर्न दिएको सूचना निकालेको  छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)की डीन डा. दिव्या सिंह शाहले राष्ट्रपतिका लागि अस्पतालको इमर्जेन्सीबाहेक सबै सेवाहरु बन्द गर्न दिएको निर्देशनअनुसार त्रि. वि. शिक्षण अस्पतालले सूचना जारी गरेको हो ।

साउन १ गते चिकित्सा शास्त्र अध्ययन संस्थानको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्रपतिको समुपस्थितिमा हुने कार्यक्रमलाई भव्य र हर्षोल्लासमय वातावरणमा मनाउन सेवा आकास्मिक सेवाहरूबाहेक सम्पूर्ण सेवा बन्द कार्यक्रममा उपस्थित हुन उर्दी जारी गरिएको छ । उक्त दिन अस्पतालको बिहानी शस्त्रको सेवाहरु यथावत सञ्चालन हुने र दिवा शत्रको आकास्मिक सेवाहरूबाहेक सम्पूर्ण सेवाहरु बन्द गरी विभागीयलगायत सम्पूर्ण प्याकल्टीहरूलाई उपस्थिति गराइदिन सूचनामार्फत आदेश दिइएको छ ।

डीन शाहले त्रि.वि. शिक्षण अस्पताल, मनोमहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र वीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशकहरूलाई पत्र काट्दै सेवा ठप्प पारेर राष्ट्रपतिको कार्यक्रममा आउन निर्देशक दिएकी थिइन् । उक्त

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com