राष्ट्रपतिका लागि अस्पतालको इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्न डीन शाहको निर्देशन


काठमाडौं ।  चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)की डीन दिव्या सिंह शाहले मातहतका अस्पताललाई आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गरेर राष्ट्रपति आउने कार्यक्रममा आउन निर्देशन दिएकी छिन् ।

डीन शाहले चिकित्सा शास्त्र अध्ययन संस्थानको ५० औं वार्षिकोत्सवको कार्यक्रममा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकाले अस्पतालको सेवा बन्द गरेर उपस्थित हुन सबैलाई सामन्ति  शैलिमा  उर्दी जारीगरेकी हुन् ।

बन्द, हड्ताल र आन्दोलनका बेला समेत बन्द गर्न नमिल्ने स्वास्थ्य सेवा ठप्प पारेर राष्ट्रपतिलाई स्वागत गर्न आइओएमकी डीन शाहले लिखित निर्देशन दिएकी छिन् । उनले त्रि.वि. शिक्षण अस्पताल, मनोमहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र वीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशकहरूलाई पत्र काट्दै सेवा ठप्प पारेर राष्ट्रपतिको कार्यक्रममा आउन निर्देशक दिएकी हुन् । निर्देशन दिएकाे पत्र स्वास्थ्य लाइभले फेला पारेकाे छ ।

 

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #आइओएम डीन दिव्या सिंह शाह, #राष्ट्रपति विद्यादेवी भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com