आफ्नो क्षमताका आधारमा टेन्डर पाएका हौं : हस्पिटेक


काठमाडौं । व्यवसायी विशाल पण्डितले आफ्नो कम्पनी हस्पिटेकले कसैको दबाबमा नभई आफ्नो क्षमता र योग्यताका आधारमा टेन्डर पाउने गरेको बताएका छन् ।

स्वास्थ लाइभले हस्पिटेकको विषयमा विभिन्न मितिमा प्रकाशित गरेको समाचार प्रती ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले समाचारमा आए जस्तो नभएको स्पष्ट पारेको छ । खण्डनमा समाचारको भाषा गालि गलौजको भएको भन्दै सच्याउन अनुरोध गरेको थियो ।

स्पिटेकले विगत ९ वर्षदेखी नेपालभर मागअनुसारका स्वास्थ्यका विभिन्न आधुनिक उपकरण उपलब्ध गराउँदै आएको छ । हस्पिटेकले निजी तथा सरकारी निकायद्धारा आवहान गरिएको बोलपत्रमा नियम बमोजिम समावेश भई भाग लिदै आएको छ ।

हस्पिटेकको विषयमा लेखिएको समाचारको भाषाले पण्डितको व्यक्तित्वमाथि आघात पुग्न गएको विषयमा स्वास्थ्य लाइभ गंभिर छ । वर्षौ स्वास्थ्य क्षेत्रमा काम गरेर एउटा इमान बनाएका पण्डितलाई व्यक्तिगत रुपमा समाचार लेखेर आक्षेप लगाउने हाम्रो उदेश्य हैन र हुदैन पनि । उक्त समाचारले पण्डितलाई पर्न गएको आघात प्रति हामी क्षमाप्रार्थी छौं । आगामी दिनमा समाचार लेख्दा विशेष ख्याल गर्नेछौं ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com