रवीन्द्र मिश्रलाई ६ महिनाको अन्तरालमा दुईपटक कोभिड


काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई ६ महिनाको अन्तरालमा दुईपटक कोभिड-१९ को संक्रमण भएको छ । उनले आफूलाई कोभिड भएको जनाउँदै आफूसँग भेट्नेलाई विचार पुर्याउन आग्रह गरेका छन् ।

‘पहिलो पटक ६ महिनाअघि भएको थियो। अहिले फेरी भयो। लक्षणहरू पहिलो पटकजस्तो कडा छैन। थोरै ज्वरो, कम्मर दुखाई र घाँटीमा समस्या छ। घरमैँ आराम गर्दैछु। हिजो त मैले कसैलाई भेटिन। त्यसअघिका २ दिनमा मसँग भेट्नु भएका साथीहरूलाई विचार पुर्याउन आग्रह गर्दछु। कोभिड फेरी बढ्दैछ।’, मिश्रले लेखेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #कोभिड, #रविन्द्र मिश्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com