नेपालमा प्रविधि सहितको वंशाणुगत उपचार केन्द्र स्थापना गर्न आवश्यक : राज्यमन्त्री केसी


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले वंशाणुगत रोग केन्द्र स्थापनाको लागि पहल गर्न जोड दिने बताएका छन् । वीर अस्पतालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि सरकारसँग पहल थालिने बताएका हुन् ।

‘नेपालमा वंशाणुगत रोगका विषयमा मान्छेलाई चासो छैन र अध्ययन नभएको पाइएको छ । तसर्थ वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धानका साथसाथै अत्याधुनिक प्रविधि सहितको उपचार गर्ने छुट्टै वंशाणुगत रोग केन्द्र स्थापना गर्न आवश्यक रहेको छ ।’

वीर अस्पतालकी वंशाणुगत रोग विशेषज्ञ डा। निलम ठाकुरले वंशाणुगत रोगका बिरामी बढिरहेका छन् । केही वर्ष पहिले अस्पतालमा वार्षिक १०० जनासम्म वंशाणुगत रोगको बिरामी देखिनेमा हाल हजारभन्दा बढी बिरामी देखिने थालेको डा निलमको बताए ।

नेपालमा जस्तो कति बच्चा दुर्लभ वंशाणुगत रोगबाट मर्छन् भन्ने हामीसँग तथ्या‌ंक नै छैन । वंशाणुगत रोगको उपचार मह‌ँगो छ त्यसैले रोकथाममा नै ध्यान दिनुपर्छ ।

 

 

क्याटेगोरी : विविध, समाचार
ट्याग : ## वीर अस्पताल, #स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com