मन्त्रालयको काम छाडेर ४८ घण्टादेखि स्वास्थ्यका अधिकारीहरू आईएनजीओको जाँड-भतेरमा


काठमाडौं । मन्त्रालयको काम छाडेर स्वास्थ्यका अधिकारीहरू ४८ घण्टादेखि नगरकोटको एक भतेरमा सरिक छन् । त्यसको बाहनामा एउटा सानो कार्यक्रम राख्न लगाइएको छ । तर, कर्मचारीहरु छुट्टा-छुट्टै स्थानमा जाँडड खाएर बसिरहेका छन् ।

नगरकोटको एक होटलमा स्वास्थ्य मन्त्रालय कब्जा गरेर बसेको एनएचएसएसपी नामक आईएनजीओले पैसा तिर्नेगरी भएको जाँड-भतेर पार्टीमा स्वास्थ्य मन्त्रालयका तल्लो तह देखि सचिव सम्मका अधिकारी ४८ घण्टा देखि सहभागी भएका छन् ।  सिधासाधा कर्मचारी मात्रै मन्त्रालयमा छन् तर, उनीहरुबाट कुनै कामको टुंगो लाग्ने अधिकार छैन ।

 

 

स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा सयौं मानिस अट्ने हल खाली छन् । उनीहरु कार्यक्रमको पर्खाइमा बसिरहेका छन् । ४८ घण्टासम्म नगरकोटमा भएको कार्यक्रमको शीर्षक क्षेत्रगत दृष्टिकोणमा नीतिगत संवाद राखिएको छ । करारका कर्मचारीको म्याद थप गर्न रकम छैन भनेर सेवा नै अवरुद्ध बनाउने मन्त्रालयका अधिकारीहरुले भतेर खान भने करोडौं खर्च गरेको मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।

मन्त्रालयको हलमा नगरेर स्वास्थ्यका अधिकारीहरूले आईएनजिओलाई ‘स्पोन्सर’ गर्न लगाएर ३० किलोमिटर टाढा पुगेर जाँड–भतेर गरेका हुन् । उक्त भतेरमा २० जनाभन्दा बढी कर्मचारी सहभागी छन् । मन्त्रालयको अधिकाशं कोठा चाबी लगाइएको छ । सेवाग्राही घन्टौंदेखि प्रतिक्षामा बसेका छन् ।

मन्त्रालयमा सेवाग्राहीलाई दुई दिनदेखि बिचल्ली बनाएर स्वास्थ्य मन्त्रालयका दुई सचिव, दुई विशेषज्ञसहित दर्जनौं उच्च अधिकारीहरू आईएनजिओको जाँड-भतेरमा रमाईंरहेका छन् । थेत्तरा कर्मचारीको बिषयमा हामीले धेरै बोल्ने जमर्को गरेका छैनौं । नागिरक स्वास्थ्यका कर्मचारीप्रति जानकार छन् ।

आईएनजिओलाई पैसा हाल्न लगाएर राज्यको बेइज्जत गर्दै स्वास्थ्यका अधिकारीहरुले हिजो दिउँसोदेखि नगरकोटको जाँड-रक्सी र मोजमस्तीमा जुटिरहेका छन् । उनीरुमा कामप्रतिको कुनै चिन्ता छैन ।

         

नागरिक सिटामोल नपाएर मरिरहेका छन् । उनीहरुको सेवाको कुनै प्रवाह कर्मचारीमा छैन । यिनीहरुलाई लगाम लगाउने संयन्त्र नभएकाले पनि अचाक्ली छाडा भएका छन् ।

सेक्टर वाइज एप्रोज’ र करेन्ट हेल्थ सेक्टरमा फाइनान्सिङमा केन्द्रित भई आयोजना गरिएको उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिवद्वय डा. रोशन पोखरेल र देवकुमारी गुरागाईं हिजैदेखि नगरकोटमा गएपछि मन्त्रालय सुनसान छ ।

 त्यस्तै प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादव र संगिता कौशल मिश्रा पार्टीमा मस्त छन् । त्यस्तै कृष्ण पौडेल, उपसचिव प्रकाश अधिकारीलगायतका उच्च अधिकारीहरु मन्त्रालयको काम छाडेर नगरकोटको जाँड पार्टीमा मस्त छन् । यता मन्त्रालयको हल चाबी लगाएर राखिएको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : ##आईएनजीओ, ##भतेर, #एनएचएसएसपी, #नगरकोट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com