स्वास्थ्यमन्त्री अस्पताल भर्ना


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई अचानक स्वास्थ्यमा समस्या देखिपछि वीर अस्पताल भर्ना भएका छन्।

खापुङ मधुमेहका बिरामी रहेको परिवारिक स्रोतले बताएका छन । शनिबार साँझ अचानक उनलाई रिँगटा लाग्ने  भएपछि अस्पतालको इमर्जेन्सीमा पुगेका थिए ।

हाल उनलाई वीर अस्पतालको भीआईपी क्याबिनमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डा। भूपेन्द्र बस्नेतले बताए ।

बस्नेतका अनुसार सुगर बढेपछि उपचारका लागि भर्ना भएका हुन । उनको थप परीक्षण गरिएका छ तर केही रिपोर्ट आउन बाँकी रहेको डा बस्नेतले बताए।

 

क्याटेगोरी : समाचार
ट्याग : ## वीर अस्पताल, #स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com