खोप कार्यक्रम सुस्त हुँदा डेढ लाख खोपको म्याद शनिबार सकियो


काठमाडौँ । खोप कार्यक्रम सुस्त हुँदा करिब डेढ लाख मात्रा खोप खेर गएको छ । यता दिँनहु कोरना संक्रमण बढी रहेका छन तर खोप अभियानमा आफैं सुस्ताएको सरकारले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नगर्दा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको हो ।

गत बुधबारसम्म वाग्मती प्रदेशमा मात्र एक लाख ४१ हजार एक सय २० मात्रा कोभिसिल्ड खोप थियो, बिहीबार र शुक्रबार ५६ हजार खोप लगाइएको विभागले जनाएको छ । बाँकी ८५ हजार एक सय २० मात्रा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको छ । बुधबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा ११ हजार, हेटौंडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकुको कोल्ड चेन स्टोरमा १९ हजार ४ सय ८० र गण्डकी प्रदेशमा २ हजार ५ सय ७० कोभिसिल्ड खोप मौज्दात रहेकामा सबैको म्याद शनिबारै सकिएको स्वास्थ्य सेवा विभागको तथ्यांकमा उल्लेख छ ।

हालसम्म १ करोड ८३ लाख ८७ हजार ६ सय मात्रा खोप खरिद गरेको छ भने कोभ्याक्स र अनुदानबाट ४ करोड ५ लाख ४ हजार ३ सय ७० मात्रा प्राप्त गरेको छ । यसरी कुल ५ करोड ८८ लाख ९१ हजार ९ सय ७० मात्रा नेपाल आएकामा ४ करोड ८७ लाख १९ हजार १ सय ३७ मात्रा प्रयोग भइसकेको मन्त्रालयको तथ्यांक छ ।

स्वास्थ्य सेवा विभागकाफार्मेसी अधिकृत बडेबाबु थापाले करिब एक लाख खोप खेर गएको हुन सक्ने बताए । आपूर्ति शाखासँग कति खोप बाँकी छ र कति खोप लगाइयो भन्ने यकिन जानकारी नै छैन । प्रदेश स्वास्थ्य निर्देशनालयसँग पनि खोप कतिले लगाए भन्ने दैनिक विवरण छैन । तर अधिकृत थापाले खोप खपत कम भएका जिल्लाबाट अर्को जिल्लामा पठाउन आग्रह गरिने बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #खोप कार्यक्रम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com