ह्याम्सको अवैध आईभीएफ सेन्टर प्रधानमन्त्री देउवाद्वारा उद्‌घाटन गराउने तयारी


काठमाडौं । ह्याम्स अस्पतालको अवैध आईभीएफ सेन्टर प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्‌घाटन गराउने तयारी भइरहेको पाइएको छ ।

ह्याम्स अस्पतालका विवादित अध्यक्ष रामशरण (आरएस) भण्डारीले आईभीएफ सेन्टर प्रधानमन्त्री देउवाबाट उद्‌घाटन गराउन लागेका हुन् ।

टेष्ट ट्युब बेबी (आईभीएफ) सेन्टर सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयलको अनुमति (इजाजतपत्र) लिनु पर्ने हुन्छ । तर ह्याम्सका मालिक आरएस भण्डारीले स्वास्थ्य मन्त्रालयबाट सञ्चालनको अनुमति नै नलिई प्रधानमन्त्रीबाट आईभीएफ सेन्टर उद्‌घाटन गराउन लागेका हुन् ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाले आईभीएफ सेन्टर सञ्चालका लागि स्वास्थ्य मन्त्रालयबाटै इजाजतपत्र लिनु पर्ने स्पष्ट पारेको छ । मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार ह्याम्स अस्पतालले आईभीएफ सेन्टर सञ्चालका लागि स्वास्थ्य मन्त्रालयबाट अहिलेसम्म इजाजतपत्र लिएको छैन । इजाजतपत्र नै नलिएको ह्याम्स अस्पतालले आईभीएफ सेन्टर उद्‌घाटन गर्न गएर प्रधानमन्त्री देउवा विवादमा पर्न खोजेका छन् ।

ह्याम्स अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारीका अनुसार अस्पतालको रजत जयन्तीको उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा भोलि बिहान साढे ९ बजे अस्पताल भवन तथा आईभीएफ केन्द्र उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य मन्त्रालयबाट इजाजतपत्र नै नलिई उनले अवैध आईभीएफ सेन्टर प्रधानमन्त्री देउवाबाट उद्‌घाटन गराउन खोजेका हुन् ।

ह्याम्सको अवैध आईभीएफ धन्दामा प्रधानमन्त्री देउवालाई मुछ्न ह्याम्सका मालिक आरएस भण्डारी लागिपरेका छन् ।

ह्याम्स अस्पतालको भवन उद्‌घाटनको शिलालेख तयार पारेर राखिएको छ । ह्याम्स अस्पताल प्रालिको अस्पताल भवन सम्माननीय प्रधानमन्त्री श्री  शेरबहादुर देउवा ज्यूद्वारा आज मिति २०७९ साल श्रावण १० गते मंगलबारका दिन समुद्‌घाटन सु-सम्पन्न भयो ।  रामशरण भण्डारी अध्यक्ष’,  लेखिएको छ ।

ह्याम्सका अध्यक्ष भण्डारी भने स्वास्थ्य मन्त्रालयले अगाडि बढ भनेरै प्रधानमन्त्री  शेरबहादुर देउवाबाट आईभीएफ सेन्टर उद्‌घाटन गर्न लागिएको दाबी गर्छन् । ‘स्वास्थ्य मन्त्रालयले अगाडि बढ्नुस भनेरै आईभीएफ सेन्टर उद्‌घाटन गर्न लागिएको हो, भोलि प्रधानमन्त्रीज्यू आउँदै हुनुहुन्छ । अरु कुरा मलाई थाहा भएन’, ह्याम्सका अध्यक्ष भण्डारीले स्वास्थ्य लाइभसँग भने ।  उनका कुरा सुन्दा प्रधानमन्त्री देउवालाई अवैध आईभीएफ सेन्टर उद्‌घाटन गराएर विवादमा ल्याउन खोजेको देखिन्छ ।

ह्याम्स अस्पतालका कार्यकारी निर्देशक ज्योनिन्द्र शर्मा भने भोलि  आईभीएफ सेन्टर उद्‌घाटन मात्र गर्ने र सबै प्रक्रिया पूरा भएपछि सेवा सञ्चालन गर्ने बताउँछन् । ‘हामीले सबै कागजात पेश गरिसकेका छौं । प्रक्रिया पुग्न एक डेढ महिना लाग्ने रहेछ । मन्त्रालयले आएर निरीक्षण गरिसकेको छ । मौखिक रुपमा अगाडि बढ्नु भनिसकेको छ । सञ्चालन अनुमति दिएपछि मात्र सेवा दिन्छौं’, उनले भने ।

क्याटेगोरी : समाचार
ट्याग : ## प्रधानमन्त्री शेरबहादुर देउवा, #ह्याम्स अवैध आईभीएफ सेन्टर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com