टेकु अस्पतालको पूर्व तयारी मंकीपक्स उपचारको लागि छुटयायो १० एयर बेड


भारतमा मंकीपक्स भाइरसको संक्रमण बढ्दै गए पछि नेपालसँग खुला सिमाना भएको हुनाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि पूर्वतयारी थालिएको छ।

टेकुस्थित एक मात्र केन्द्रीय सरुवा रोग अस्पतालले सम्भावित मंकीपक्स संक्रमणको जोखिमलाई ध्यान राख्दै यसको उपचारका लागि बेड छुट्याएको हो। अस्पतालले १० वटा ‘एयर बेड’ छुट्याएको हो। अस्पतालले हाल इमर्जेन्सी उपचारका लागि ४ वटा र अन्य आइसियूमा बेड छुट्याएको अस्पतालका इमर्जेन्सी इन्चार्ज लिलानाथ भण्डारीले बताए।
एयर बेड भाइरसबाट संक्रमितको उपचार गर्दा भाइरस हावाको माध्यमबाट अर्को व्यक्तिमा नसरोस् भनेर बिरामीलाई राखेर उपचार गर्ने एउटा ठूलो प्लास्टिकको बेड हो ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विमानस्थलसहित मंकीपक्सको जोखिम बढ्दै गएपछि १४ वटा सीमा नाकामा रहेका हेल्थ डेस्कमा निगरानी बढाएको बताएको छ ।

यसअघि नै विश्व स्वास्थ्य संगठनले ९डब्लुएचओ०ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरि सकेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, #मंकीपक्स संक्रमण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com