स्वास्थ्य क्षत्रेका सबै अनुसन्धान जनताको हितमा हुनुपर्छ : स्वास्थ्यमन्त्री


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले स्वास्थ्य क्षत्रेका सबै अनुसन्धान जनताको हितमा हुनुपर्ने बताएका छन्।

आज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई आग्रह गरे । साथै परिषद्को कर्मचारीको समस्या छिटै समाधान हुने समेत बताए।

त्यसैगरी स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका क्षेत्र, क्षमता बढाउने र नयाँ प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा लागनु पर्ने बताए । साथै मुलुक बनाउन संरचना परिवर्तन आवश्यक रहेको भन्दै परिषद्को पनि संरचना परिवर्तन हुनुपर्ने जिकिर गरे ।

कार्यक्रममा परिषद् अध्यक्ष प्रा डा गेहनाथ बरालले परिषद्का नीतिगत कामलाई पूरा गर्नुपर्ने बताए। कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीले परिषद्ले अहिलेसम्म गरेका कामको बारेमा कार्यक्रममा जानकारी गराएका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, #स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com