हुवावेका कर्मचारीसँग बसेको समाचारमा सत्यता छैनः भण्डारी


काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेका विध ल्याव सञ्चालक भिमकान्त भण्डारीले आफू हुवावेका अधिकारीसँग मस्ती गरेको भन्ने समाचार गलत भएको बताएका छन् ।

स्वास्थ्य लाइभमा १२ साउनमा प्रकाशित ‘अख्तियारले डामेका विध ल्याबका भीमकान्त हुवावेका अधिकारीसँग मस्ती गर्दै’ शिर्षकको समाचार प्रति भण्डारीले कपोकल्पित समाचार भएको बताएका छन् । उनले समाचार प्रति खण्डन पठाउँदै उक्त समाचार असत्य, भ्रमपूर्ण र कपोकल्पित भएको दाबी  गरेका छन् । स्वास्थ्य लाइभले फोटोसहित सार्वजनिक गरेका उक्त समाचार असत्य, भ्रमपूर्ण र कपोकल्पित भएको उनको खण्डन छ ।

स्वास्थ्य लाइभलाई प्राप्त फोटोमा भीमकन्त हुवावेका अधिकारीसँग मस्ती गरिरहेको प्रस्ट देखिन्छ । उक्त फोटोले प्रस्ट बोलिरहेको छ । त्यसैले  भ्रमपूर्ण र कपोकल्पित भन्ने भीमकान्तको दाबीलाई थप प्रस्टीकरण दिन आवश्यक छैन ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com