अख्तियारले डामेका विध ल्याबका भीमकान्त हुवावेका अधिकारीसँग मस्ती गर्दै


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डामेका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी हुवावेका अधिकारीसँग मस्ती गर्दै हिँडिरहेको तथ्य फेला परेको छ ।

६ करोड २४ लाख बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेका भीमकान्त अहिले चाइनिजहरूसँग साँठगाँठ गरिरहेका छन् । अख्तियारले विध ल्याबको खाता  ‘फ्रिज’ गरिदिएको छ । उक्त खाता खोल्न भीमकान्त सर्वोच्च र विदेशीको शरणमा पुगेका छन् ।

हुवावेका अधिकारीसँग दारू पार्टीमा भीमकान्त

विध ल्याबका मुख्य व्यक्ति नवीन तुलाधर अख्तियारले खाता ‘फ्रिज’ गरिदिएसँगै लण्डनतिर लागेका छन् । भीमकान्तले कमाएका अकुत सम्पत्ति हिमालय होटलका मालिक समेत रहेका नवीनले लुकाएर राखेको चर्चा छ । उनको खाता ‘फ्रिज’ नगर्दा बढी चलखेल हुन थालेको छ ।

सर्वोच्च अदालतबाट बैंक खाता खोल्न जोड गरिरहेका विध कम्पनी सञ्चालन नेपालको आईटी क्षेत्रमा एकछत्र राज गर्न खोजेको हुवावेका अधिकारीसँग दारू पार्टी गरिरहेका छन् । चीनबाट पीपीई, डिजिटल थर्मोमिटर, आरडीटी किटलगायत स्वास्थ्य सामग्री आयत गरेर सरकारलाई महँगोमा बेच्न सफल भीमकान्त हुवावेसँग साँठगाँठ गरिरहेको देखिन्छ ।

हुवावेका प्रतिनिधिसँग रमाउँदै भीमकान्त

सिंगापुरबाट आर्थिक कारोबार गर्ने हुवावेका अन्द्रव अलेक्ससँग उनको नियमित उठ्बस छन् । नेपालमा संकलन गरेको अवैध धन सिंगापुर पठाउने गरेको आरोप लागेका नवीन-भीमकान्तको हुवावेका प्रतिनिधिसँग साँठगाँठ रहेको फेला पर्नुले यो विषय थप शंकाको घेरामा परेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #नवीन तुलाधर, #भीमकान्त भण्डारी, #विध ल्याब, #हिमालय होटल, #हुवावे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com