यी हुन् कोरोनाको सुरुवातदेखि अहिलेसम्म राज गर्ने गाउँपालिकाका कार्यकारीहरू


काठमाडौं । गाउँपालिका/नगरपालिका अधिकांश प्रमुख प्रशासकीय अधिकृत (कार्यकारी)हरू एक वर्ष नपुग्दै सरूवा हुने गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक आर्थिक वर्षको सुरुवात साउन मसान्तभित्र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत चलाउने गरेको छ । तर कोरोनाको सुरुवातदेखि अहिलेसम्म गाउँपालिकाका कार्यकारीमा राज गरिरहेका दर्जनौं अधिकृतहरु रहेको स्वास्थ्य लाइभको खोजीमा फेला परेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ती गाउँपालिकाले कोरोनाकालमा अनियमितता गरेको औंल्याएको छ । गाउँपालिकाका कार्यकारी भने ३ वर्ष बढीदेखि एउटै गाउँपालिकामा राज गरिरहेको पाइन्छ ।

कोरोनाकालमा स्वास्थ्यकर्मीले भत्ता पाइरहेको बेला ती गाउँपालिकामा प्रशासनका कर्मचारीले कोभिड भत्ता खाएका थिए । त्यस्ता प्रमुख प्रशासकीय अधिकृत अहिलेसम्म पनि एउटै गाउँपालिका टिकिरहनु रहस्यको विषय हो । प्रदेश १ का स्थानीय तहमा विक्रम लिम्बु, मेहश राईदेखि रेख बहादुर थापासम्म तीनवर्ष बढी प्रमुख प्रशासकीय अधिकृत भएर राज गर्नेमा पर्छन् ।

मधेश प्रदेशका स्थानीय तहमा रमेश प्रसाद यादव, कृष्णानन्द सिंह, नवीन कुमार श्रीवास्तवलगायत ३ वर्ष बढीदेखि राज गर्न  कार्यकारीमा पर्छन् । बागमती प्रदेशका स्थानीय तहमा रामकुमार पुडासैनी, नवराज ओली, महेन्द्र विश्वकर्माहरु कोरोना कालदेखि  हालसम्म राज गर्ने कार्यकरीमा पर्छन् ।

गण्डकीका गाउँपालिकाको कार्यकारीमा भीमसेन श्रेष्ठ, शम्शेर गुरुङ, अमृत सुवेदी, लुम्बिनीमा बाबुराम पल्ली, निम बहादुर केसी, लाल बहादुर योगी, बस बहादुर रानालगायत ३ वर्ष बढीदेखि राज गर्नेमा पर्छन् । त्यस्तै सुदूरपश्चिम प्रदेश अन्तर्गतका गाउँपालिकामा नारायण बहादुर विष्ट, अर्जुन सिंह कार्की, राज बहादुर सार्की र  दिलिप कुमार तामाङ कोरोनाको सुरुवातदेखि अहिलेसम्म राज गर्ने प्रमुख प्रशासकीय अधिकृतमा पर्छन् ।

 

यी हुन् ३ वर्ष बढीदेखि राज गरिरहेका कार्यकारीहरू

👉विक्रम लिम्बु-पाँचथर हिलिहाङ गाउँपालिका, पाँचथर

👉भागवत प्रसाद रेग्मी-माईजोगमाई गाउँपालिका, इलाम

👉महेश राई-सन्दकपुर गाउँपालिका, इलाम

👉राम राज पौडेल-सिलीचोङ गाउँपालिका, संखुवासभा

👉चुडामणि गुरागाईं-देवानगञ्ज गाउँपालिका, सुनसरी

👉राम कुमार कार्की-सुनकोशी गाउँपालिका, ओखलढुङ्गा

👉रेख बहादुर थापा-रावावेशी गाउँपालिका, खोटाङ

👉रमेश प्रसाद यादव-राजगढ गाँउपालिका, सप्तरी

👉कृष्णानन्द सिंह-सिरहा अर्नमा गाउँपालिका

👉गणेश चन्द्र मिश्र-सम्सी गाउँपालिका, महोत्तरी

👉प्रमोद कुमार साह-आदर्श कोटवाल गाउँपालिका, बारा

👉नविन कुमार श्रीवास्तव- सुवर्ण गाँउपालिका, बारा

👉नवराज ओली-कालिन्चोक गाउँपालिका, दोलखा

👉महेन्द्र विश्वकर्मा-मेलुङ्ग गाउँपालिका, दोलखा

👉लोक बहादुर बि.क-जुगल गाउँपालिका, सिन्धुपाल्चोक

👉लक्ष्मीप्रसाद अधिकारी-खानीखोला गाउँपालिका, काभ्रेपलान्चोक

👉रामकुमार पुडासैनी-मकवानपुरगढी गाउँपालिका, मकवानपुर

👉अनिल श्रेष्ठ-गंगाजमुना गाउँपालिका, धादिङ

👉बद्रीनाथ लम्साल-ज्वालामूखी गाउँपालिका, धादिङ

👉भिमसेन श्रेष्ठ-चुमनुव्री गाउँपालिका, गोरखा

👉शम्सेर गुरुङ्ग-दोर्दी गाउँपालिका, लमजुङ

👉अनन्तराज न्यौपाने-बिरुवा गाउँपालिका , स्याङ्जा

👉अमृत सुवेदी- रघुगंगा गाउँपालिका, म्याग्दी

👉श्री प्रसाद गौतम सुप-पाल्हीनन्दन गाउँपालिका, नवलपरासी

👉बाबुराम पल्ली-कालीगण्डकी गाउँपालिका, गुल्मी

👉निम बहादुर केसी-त्रिवेणी गाउँपालिका, रोल्पा

👉लाल बहादुर योगी-गढवा गाउँपालिका, दाङ

👉बस बहादुर राना-जानकी गाउँपालिका, बाँके

👉चन्द्र सिंह श्रेष्ठ-भूमे गाउँपालिका, रुकुम पूर्व

👉नारायण बहादुर विष्ट-जानकी गाउँपालिका, कैलाली

👉अर्जुन सिंह कार्की- बर्दगोरिया गाउँपालिका, कैलाली

👉राज बहादुर सार्की-मोहन्याल गाउँपालिका, कैलाली

👉दिलिप कुमार तामाङ-गन्यापधुरा गाउँपालिका, डडेल्धुरा

क्याटेगोरी : सुशासन
ट्याग : #अधिकृत, #कार्यकारी, #कोरोनाकाल, #गाउँपालिका, #बागमती, #संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com