.. जब कैदीबन्दीले पर्यटनमन्त्री श्रेष्ठसँग एम्बुलेन्स मागे


काठमाडौं । सोमबार मुलुक कै पुरानो र ऐतिहासिक जेलको रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ पुगे ।

साथी श्रम प्रशिक्षण केन्द्रले आयोजना गरेको १० दिने उद्‌घोषण तथा क्षमता अभिवृद्धि तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा पर्यटनमन्त्री श्रेष्ठ आज केन्द्रीय कारागार पुगेका हुन् । साथी श्रम प्रशिक्षण केन्द्रकी ‘प्रोपाइटर’ सजना नकर्मीको निमन्त्रणामा कैदीबन्दीलाई प्रमाणपत्र वितरण गर्न केन्द्रीय कारागार, सुन्धारामा पुगेका पर्यटनमन्त्री श्रेष्ठलाई कैदीबन्दीले  जेलभित्रका समस्या सुनाएका छन् ।

केन्द्रीय कारागार अस्पताललाई हुने गरी एउटा एम्बुलेन्सको व्यवस्थापन गरिदिन कैदीबन्दीले उनलाई अनुरोध गरेका छन् । कैदीबन्दी बिरामी हुँदा अस्पताल लान एम्बुलेन्स नभएको भन्दै उनीहरूले पर्यटनमन्त्री श्रेष्ठसँग एम्बुलेन्स उपलब्ध गराइदिन आग्रह गरेका हुन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा ६० लाखको एम्बुलेन्स उपलब्ध गराएका पर्यटनमन्त्री श्रेष्ठले कैदीबन्दीसँग केन्द्रीय कारागारका लागि एम्बुलेन्स उपलब्ध गराउने आश्वासन दिए ।

कैदीबन्दीले दुईवटा बस समेत व्यवस्थापन गरिदिन पर्यटनमन्त्री श्रेष्ठसँग आग्रह गरेका छन् । कैदीबन्दीका सबै समस्यालाई आफूले गम्भीरतापूर्वक लिएको भन्दै उनले यसका लागि पहल गर्ने बताएका छन् ।

उनले उद्‌घोषण तथा क्षमता अभिवृद्धि तालिममा सहभागी भएका ५० बढी कैदीबन्दीलाई प्रमाणपत्र समेत वितरण गरेका छन् । कैदीबन्दीले कविता मुक्तकलगायत तालिममा लिएका अनुभव प्रस्तुत गरेका थिए । पर्यटनमन्त्री श्रेष्ठले यस्ता तालिमले कैदीबन्दीको जीवन परिवर्तन र सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

जेलर डोरेन्द्र निरौला, सहायक जेलर मोहन कोईराला, डिएसपी कुमार बिक्रम थापाले जेलको समस्या सुनाएका थिए । कार्यक्रम संयोजक सजना नकर्मी यस्ता तालिमले  कैदीबन्दीको क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : ## एम्बुलेन्स, #केन्द्रीय कारागार, #सजना नकर्मी, #संस्कृति तथा पर्यटनमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com