स्वास्थ्य बीमा निजी अस्पतालबाट दिन स्वास्थ्यकाे प्रस्ताव


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम निजी अस्पतालबाट निरन्तरता दिन निर्णयकालागी  मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ ।

सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रम  सरकारी अस्पतालबाट मात्र दिने गरी कार्यक्रम अघि बढाएको थियो । उक्त कार्यक्रम आएसँगै ठूला निजी अस्पतालले स्वास्थ्य बीमा रोकेका थिए । निजी क्षेत्रलाई स्वास्थ्य बीमा कार्यक्रममा निषेध गर्दा समस्या आउने देखिएपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमामा निजी अस्पताललाई पनि सहभागी गराउने गरी प्रस्ताव लगेको छ ।

बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकमा पेश हुने गरी स्वास्थ्य मन्त्रालयले भर्खरै उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाएको हो । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले हस्ताक्षर गरेको उक्त प्रस्ताव बेलुकासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्ने स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।

पूर्वका बिएण्डसी, विराट नोबेललगायतका अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम रोकेपछि सरकारलाई अप्ठ्यरो  परेको थियो । अब भने निजी अस्पतालले पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन दिने गरी प्रस्ताव पठाइएको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य बीमा कार्यक्रम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com