लक्ष्मण अर्याल घर गए, स्वास्थ्य मन्त्रालयसहितका सचिव सरुवा हुँदै


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी समेत सम्हालिसकेका लक्ष्मण अर्याल सरकारी सेवाबाट बिदाई भएका छन् । ५ वर्षे सेवा अवधिका कारण अर्याल आजबाट घर गएका हुन् ।

स्वास्थ्यसहितका मन्त्रालयमा सचिवको सख्या कटौती गर्न सुझाव दिने कार्यदलको नेतृत्व गरेका सचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन हेर्ने सचिवको जिम्मेवारीमा थिए । उनी नेतृत्वको कार्यदलले सचिवको दरबन्दी कटौती गरेर ४० मा झार्न सुझाव दिएकाे थिए । तर उक्त प्रतिवेदन अलपत्र परेको छ ।

अर्याल अवकाश हुँदा पनि सचिवको दरबन्दी कटौती नभई नयाँ सचिव सिफारिस र बढुवा हुने देखिन्छ । प्रधानमन्त्री कार्यालयमा अहिले ठूलो संख्यामा सचिवहरू लगेर थन्क्याईएको छ । अर्यालको अवकाशसँग उक्त रिक्त ठाउँमा नयाँ सचिव बढुवा नगरेर प्रतिवेदन कार्यान्वयन गर्ने सरकारलाई अवसर समेत देखिन्छ । सचिव बढुवाका लागि सिफारिस भएका नारायण दवाडी, दिनेशकुमार घिमिरे र दिपक काफ्लेमध्ये एकजनालाई सचिव बनाउने आज बस्ने मन्त्रिपरिषद्को बैठकको एजेण्डा रहेको छ । उक्त  बढुवा रोकेर सरकारले आजैबाट सचिवको दरबन्दी कटौती गर्ने प्रतिवेदन कार्यान्वयन गर्न उचित हुन्छ ।

अहिले १ बजे बस्न लागेको मन्त्रिपरिषद्को बैठकले ठूलो संख्यामा सचिव सरूवा गर्ने तयारी गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकमा निर्वाचनको मिति घोषणा गर्नेदेखि सरुवा, बढुवा, नियुक्तिलगायतका एजेन्डाहरु रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहितका धेरै मन्त्रालयका सचिव फेरबदल हुने प्रधानमन्त्री कार्यालय उच्च स्रोतले बतायो ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## लक्ष्मण अर्याल, ## सचिव, #प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com