२० लाख एन्टीरेबिज सिरिन्ज प्रयोग गर्नै नमिल्ने खरिद


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले हालै खरिद गरेको २० लाख पिस एन्टीरेबिज सिरिन्ज प्रयोग गर्नै नमिल्ने पाइएको छ । नियमित प्रयोग गर्ने कर्मचारीको सल्लाह बिना नै हचुवाको भरमा कर्मचारीले स्पेक तयार पारेर खरिद गर्दा समस्या आएको हो । उक्त सिरिन्ज ७७ लाख ६० हजार मूल्यमा खरिद गरेको देखिएको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार यस वर्ष २० लाख एन्टीरेबिज सिरिन्ज खरिद भएको थियो । तर, अहिले सो सिरिन्ज देशभर प्रयोग भएको छैन । देशमा सबैभन्दा बढी एन्टीरेबिज सिरिन्ज प्रयोग हुने टेकु अस्पताल हो । अस्पतालका अनुसार यस वर्ष टेकुमा छालामा लगाउने १ लाख १ हजार १९६ जनालाई रेबिजविरुद्धको सिरिन्ज लगाइएको छ । आइएम अर्थात् मासुमा १ हजार ७३३ जनाले लगाएका छन् । तर, विभागले खरिद गरेको भ्याक्सिन मासु र छाला कहींपनि लगाउन नमिल्ने अधिकारीहरुले बताएका छन् ।

अस्पतालका एक कर्मचारीले भने, ‘स्पेक बनाउने बेला काम गरेका कर्मचारी राख्नु पर्ने थियो तर, उनीरुले आफ्नो स्वार्थ पूरा गर्न राखेनन् अहिले सबै सिरिन्ज खेर गएको छ । हामीलाई २७ गेज (सानो निडल) भएको सिरिन्ज आवश्यक पर्छ । तर, विभागले २२ गेज (ठूलो निडल) भएको सिरिन्ज खरिद गरेको छ । यसमा सप्लार्यसको कुनै कमजोरी छैन ।’, सरकारी अधिकारीले जस्तो स्पेक बनाएर दिए उनीहरुले सोही अनुसार खरिद गरेका हुन् । तर, हरेक वर्ष सिरिन्ज खरिद गर्नेले कस्तो साइजको लाग्छ भन्ने सम्म जानकारी नहुनु भनेको सामान्य कुरा हैन ।

अघिल्लो आर्थिक वर्षमा पनि विभागले मासुमा लगाउने मात्रै (आईएम) सिरिज्ज मगाएका थिए । छालामा लगाउने (आईडी) मगाएनन् । विभागले सबै ठाउँमा सिरिन्ज पठाइसकेको छ तर, प्रयोग भएको छैन । प्रयोग नभए पछि टेकु अस्पतालले १ लाख सिरिन्ज आफै खरिद गरेको छ । सरकारले ३ वर्ष सम्म म्याद भएको सिरिन्ज ल्याएको छ तर, सिरिन्ज प्रयोग गर्न नमिल्दा समस्या आएको हो ।

प्रयोग गर्न नमिल्ने सिरिन्ज आवश्यकताभन्दा बढी मगाइएको छ । टेकु अस्पतालमा सिरिन्ज सबैभन्दा बढी खपत हुन्छ । वर्षमा १ लाख टेकुमा खपत हुदा अन्य देशभर ३० देखि ४० हजार मात्रै सिरिन्ज खपत हुन्छ । यसले सरकारले खरिद गरेको सिरिन्जको २० लाख सिरिन्ज ३ वर्षमा १० लाखपनि खपत हुदैन । व्यवस्थापन महाशाखाका खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले पनि २० लाख एन्टीरेबिज सिरिन्ज खरिद गरेको बताए ।

यस अगाडि मूल्यमा केही  फरक परेकाले सच्याइएको छ । –सम्पादक

क्याटेगोरी : समाचार
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ##स्वास्थ्य सेवा विभाग, #एन्टीरेबिज सिरिन्ज, #प्रयोग गर्ने नमिल्ने एन्टीरेबिज सिरिन्ज खरिद, #साढे ३ करोड बढी मूल्य, #सुरेन्द्र चौरासिया, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com