पूर्व युवराज्ञी हिमानी फ्रन्टलाइन अस्पतालमा


काठमाडौं । पूर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी शाह शुक्रबार फ्रन्टलाइन अस्पताल पुगेकी छन् ।

शाह घुँडाको प्रत्यारोपण गरिएकी ७९ वर्षीया रमा गुरुङ्को स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेकी हुन् । अस्पतालका चिकित्सक डा चक्रराज पाण्डेको नेतृत्वमा गुरुङ्को घुँडाको प्रत्यारोपण गरिएको थियो ।

‘डा पाण्डेले भने, ‘उहाँको आफन्तको घुँडाको प्रत्यारोपण भएको थियो । सोही अवसरमा भेट्न आउनु भएको हो । बिरामीको बारेमा जानकारी लिनु भएको थियो । हामीले सबै जानकारी गरायौं ।’


हिमानी फ्रन्टलाइन अस्पताल एक घण्टा बसेर फर्केकी थिइन् । उनले अस्पतालको सेवा सुबिधा र उपकरणबारे खुलेर प्रशंसा गरिन् । अस्पताल पुगेकी हिमानीलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com