कोरोना संक्रमणको लहर भदौको दोस्रो सातासम्म उच्च विन्दुमा पुग्ने प्रक्षेपण : स्वास्थ्य मन्त्रालय


काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडीले० कोरोना संक्रमणको चौथो लहर भदौको दोस्रो हप्तामा चरम उत्कर्षमा पुग्ने एक प्रक्षेपण सार्वजनिक गरेका छन ।

ईडीसीडीले भदौको दोस्रो सातासम्म लहर उच्च विन्दुमा रहने र घटने क्रम असोजबाट आकलन प्रक्षेपणमा उल्लेख गरिएको छ । नेपालमा संक्रमित थपिने क्रम दैनिक करिब १ हजार रहेको छ । भदौं महिनामो यो संख्या अझ बढने अनुमान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनमा जम्मा परिक्षणको १५ प्रतिशत नतिजा पोजेटिभ आउने गरेको छ । यसअघि असारमा ०.६२ प्रतिशत नतिजा पोजेटिभ आउने गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका तथ्याक अनुसार कुल जनसंख्याको ७३.९ प्रतिशतले एक डोज खोप लगाएका छन् । त्यसैगरी २५.५१ प्रतिशत अर्थात् ७३ लाख ३४ हजार ५ सय ५ जनाले बुस्टर डोज लिएका छन् ।

यसरी नेपालमा एक चौथाईले मात्रै बुस्टर डोज लगाएका तथ्याकले देखाउछ । त्यसकारण सरकाले कोरनाको भेरियट अनुसार थप खोप मगाउने पर्ने देखिन्छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार सरकारसँग पीसीआर किट जम्मा तीन लाख मात्रै बाँकी रहेको बताए ।

 

क्याटेगोरी : विविध, समाचार
ट्याग : #कोरोना संक्रमण, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com