विद्यार्थी र शिक्षक गरी २१ जनामा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द


काठमाडौँ  । विद्यार्थी र शिक्षक गरी २१ जनामा कोरोना संक्रमण देखिएपछि भोजपुरको टेम्केमैयु गाउँपालिकाका अन्तर्गतका तीनवटा विद्यालयहरु बन्द गरिका छन । यस गाँउपालिकाका वडा नं: ३ मा रहेको अन्नपूर्णस्थित बाघधन रणदीपा राई माध्यमिक विद्यालय, छाङछाहाङ प्रावि र वडा नं। ७ का जनोदय मावि बन्द गरिएका हुन् ।

वडा नं: ३ बाघधन रणदीपा राई माविका पाँच विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि साउन २७ गतेसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक डम्बर राईले बताए । उक्त वडाकै छाङछाहाङ प्राविकी एक शिक्षिका र दुई विद्यार्थीमा समेत कोरोना देखिएपछि दुई दिनका लागि विद्यालयको पठनपाठन पूर्ण रुपमा बन्द गरिएको छ ।

साथै सोही पालिकाकै वडा नं: ७ कोटको जनोदय माविका प्रअसहित १३ जनामा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको प्रअले जानकारी गराए । ३ वटै विद्यालय साउन २७ गतेसम्मका लागि बन्द गरिएको छ ।

विद्यालयको पठनपाठन सञ्चालन गर्ने या बन्द गर्ने बिषयलाई २७ गतेसम्म कोरोना संक्रमणको अवस्था हेरेर निणर्य हुने प्रअले बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमण, #टेम्केमैयु गाउँपालिका

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com