चिकित्सा शिक्षा आयोगले एमबीबीएस छात्रवृत्तिबापत डेढ अर्ब खर्च गर्यो


काठमाडौं । चिकित्सा शिक्षा आयोगले ३ वर्षमा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा छात्रवृत्तिबापत डेढ अर्ब रुपैयाँ खर्च गरेको छ ।

आयोगले शैक्षिक सत्र २०७६।२०७७, २०७७।७८ र ०७९।८० का लागि एक अर्ब ४५ करोड ४२ लाख ४० हजार ३४ रुपैयाँ  १८ वटा शिक्षण संस्थाहरुलाई चिकित्सा शिक्षाको छात्रवृत्ति बापत उपलब्ध गराएका हुन ।

सोमबार एक कार्यक्रम आयोजना गर्दै छात्रवृत्तिको विभिन्न आर्थिक वर्षको बजेट विवरण सार्वजनिक गरेक हुन । जसअनुसार धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा बढी अनुदान पाएको छ । प्रतिष्ठानले आयोगबाट छात्रवृत्तिवापत ४६ करोड ७३ लाख ९५ हजार ९७ रुपैयाँ अनुदान पाएका हुन् ।

त्यसैगरी सबैभन्दा बढी अनुदान पाउनेमा दोस्रो नम्बरमा त्रिभुवन विश्वविद्यालयको महाराजगञ्ज चिकित्सा क्याम्पस रहेको छ । महाराजगञ्ज चिकित्सा क्याम्पसले ३६ करोड ३७ लाख ४० हजार १९४ रुपैयाँ अनुदान पाएका हुन ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #एमबीबीएस स्नातक तह, #चिकित्सा शिक्षा आयोग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com