फोहोर बोकेको गाडी तोडफोड गर्नेलाई क्षतिपूर्ति गराउनु पर्छ: मेयर बालेन


काठमाडौं । फोहोर बोकेको गाडी तोडफोड गर्नेलाई क्षतिपूर्ति भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् ।

काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा गएका गाडीमाथि तोडफोड भएपछि उनले क्षतिपूर्ति गराउनु पर्ने बताएका हुन् ।यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको मेयर शाहले जनाए ।

हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको उनले जनाए । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा आफूले  लिएको मेयर शाहको भनाइ छ ।

‘कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडाभन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।’, मेयर शाहले भनेका छन् ।

फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल रहेको स्मरण गराउँदै उनले यो आफूहरूको पहिलो प्राथमिकताको कुरा रहेको स्पष्ट पारेका छन् । वर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको मेयर शाहको आरोप छ ।

‘केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिदैन’, उनले भनेका छन्, ‘विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।’,

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #फोहोर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com