नर्भिकपछि चाम्लिङ-प्रसाईले हडपेका सरकारी जग्गामा डोजर लगाइने


काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले सार्वजनकि जग्गामा सम्झौता र नक्सापास स्वीकृत बेगर बनाएको संरचना हटाउन लागिपरेका बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अर्को तयारीमा लागेका छन् ।

नर्भिकको ‘केस’ टुंगोमा पुगेपछि शक्तिशाली भूमाफिया हडपेको सार्वजनिक जग्गामा डोजर लगाउन पर्यटनमन्त्री श्रेष्ठ र मेयर शाह एक ठाउँमा उभिएका हुन् । उनले मेयर शाहसमक्ष काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगर भूमाफिया इन्द्र कुमार चाम्लिङ र युवराज प्रसाईहरुले हडपेको संरचनामा डोजर चलाउन ध्यानाकर्षण गराएका छन् ।

पर्यटनमन्त्री श्रेष्ठ र मेयर शाहबीच चाँडै भूमाफिया इन्द्र चाम्लिङ, युवराज प्रसाई, अष्टमान महर्जनलगायतले हडपेको जग्गामा डोजर चलाउने सहमति भएको हो । आज भएको भेटमा उनले मेयर शाहलाई भूमाफियाले हडपेको जग्गा फिर्ता ल्याउन आफूले जस्तोसुकै सहयोग गर्न तयार रहेको आश्वासन दिएका छन् । जवाफमा मेयर शाहले सार्वजनकि जग्गा फिर्ता ल्याउने अभियानमा मिलेर जान तयार रहेको बताए ।

काठमाडौंको बुद्धनगरमा भूमाफिया जेएन तण्डुकार,बबरमहलमा भूमाफिया दिपक मल्होत्राले सरकारी जग्गा हडपेर बनाएको संरचनामा डोजर लगाएका पर्यटनमन्त्री श्रेष्ठले भूमाफिया इन्द्र चाम्लिङलगायतले हडपेर बनाएको संरचनामा डोजर लगाउन खोजेका हुन् ।

नर्भिक अस्पतालले कौडीको भाउमा सरकारी जग्गा भाडामा लिएर नक्सापास स्वीकृत बेगर र सम्झौताविपरीत बनाएको संरचना हटाउन पर्यटनमन्त्री श्रेष्ठ निकै अगाडिदेखि सक्रिय रहँदै आएका छन् । उनकै सक्रियताले नर्भिकको बदमासी बाहिर आएको हो ।

आज भएको भेटमा सार्वजनिक जग्गा हडपेर बनाइएका संरचनामा डोजर लगाउन पर्यटनमन्त्री श्रेष्ठ र मेयर शाह सहकार्य गर्न सहमत भएका छन् ।  काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारलाई साक्षी राखेर उनीहरू भूमाफियाविरुद्ध एकजुट भएर उभिन सहमत भएका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## इन्द्र चाम्लिङ, #११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकार, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #नर्भिक अस्पताल, #पयर्टनमन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com