बीमा असफल बनाउने व्यक्ति समस्या समाधान समितिमा


काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पदाधिकारीका कारण बीमा कार्यक्रम फेलयर हुने अवस्थामा पुगेपछि स्वास्थ्य मन्त्रालयले समाधान खोन्ज अग्रसरता देखाएको छ । पुर्व स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र एक आइएनजीओकर्मी डा सुरेश तिवारीका कारण बीमा कार्यक्रम कोमामा पुग्ने अवस्थामा छ ।

तीन प्रतिशत कमिसन माग्दै अरवौं रुपैयाँ रकम भुक्तानी रोकेपछि निजी क्षेत्रले सेवा ठप्प पारेका छन् । निजी अस्पताल संचालकहरुले सेवा ठप्प पारेपछि नागरिकको बिचल्ली भएको छ । बीमा कार्यक्रमलाई यो अवस्थामा पुर्याउन उप्रेती र तिवारीको ठुलो हात रहेको अस्पताल संचालकहरु बताउँछन् ।

नागरिक आधारभूत स्वास्थ्य सेवा पाउनबाट समेत बन्चित हुने अवस्थामा पुगेपछि स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा स्वास्थ्य बीमा समस्या समाधान कार्यदल बनाइएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको मन्त्री स्तरीय बैठकले स्वास्थ्य बीमा समस्या समाधान गर्न स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, बीमा बोर्डका सदस्य डा सुरेश तिवारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव र प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल रहेका छन् । समिति गठन गरेर आसा जगाएको मन्त्रालयले आइएनजीओ माफिया तिवारीलाई समितिमा राखेर फेरी रमिता देखाउन खोजेको पुष्टि भएको छ । स्वास्थ्यको नीति कै कब्जा जमाएर बसेका तिवारीले बीमा कार्यक्रम सफल बनाउँन दिन्छन् भन्नेमा कसैलाई विश्वास छैन ।

समितिले स्वास्थ्य बीमा कार्यक्रमको अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समिक्षा गरी स्वास्थ्य बीमा कार्यक्रममा विद्यामान समस्या समाधानका लागि तीन हप्ताभित्र प्रतिवेदन पेश गर्ने जनाइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com