स्वदेशी औषधिको प्रयोगमा जोड दिइने : मन्त्री  खापुङ             


काठमाडौं । स्वास्थ्य तथा  जनसंख्या मन्त्री  भवानी प्रसाद खापुङले स्वदेशी औषधिकाे प्रयाेगमा जाेड दिने बताएका छन् ।औषधि ब्याबस्था बिभागको  अनुगमन गर्ने क्रममा मन्त्री खापुङले यस्तो बताएका हुन् ।

नेपालमा उत्पादन हुने औषधि स्वदेशमै  प्रयाेग गर्नु पर्ने, स्वदेशी औषधिकाे उपभाेगमा ध्यान दिनु पर्ने कुरामा जाेड दिए । यस विषयमा आफुले सराेकारवालासँग छलफल चलाउने समेत मन्त्रीले बताए ।

यसै अबसरमा मन्त्रलयकाे सचिब  देब कुमारि गुरागाईले जनशक्तिको कमि भएकाेले केही चुनौती भएको  अबगत गराइन्  । औषधी व्यवस्था विभाग र देशभर गरि १२५ जना कर्मचारी मात्रै  छन् ।यसले गर्दा अनुगमनका काम ओझेलमा छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com