ओमिक्रोनमा जग्गा हडप्ने भूमाफिया इन्द्र चाम्लिङलाई महानगरले पत्र काट्यो


काठमाडौंओमिक्रोनमा जग्गा हडप्ने देवीनगरका भूमाफिया इन्द्र कुमार चाम्लिङलाई काठमाडौं महानगरपालिकाले पत्र काटेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरको विभिन्न कित्ताका सरकारी/सार्वजनिक जग्गा अतिक्रमण गरेको भनेर महानगरले भूमाफिया चाम्लिङलाई १५ दिने पत्र काटेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष राम कुमार केसीले भूमाफिया चाम्लिङलाई जग्गा सम्बन्धी भएका प्रमाणसहित १५ दिनभित्रमा वडा कार्यालयमा उपस्थित हुन पत्र काटेका हुन् ।

भूमाफिया चाम्लिङले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १० अन्तर्गत देवीनगरस्थित सिट नम्बर १०२-११४६-०२ को कित्ता नम्बर ५४९, ५४७, ७७१, ७७२ २ ५५२ नम्बर कित्ता जग्गा हडपेर संरचना बनाएको आरोप छ । त्यस्तै सिट नम्बर १०२-११०६-२२ को १९१, ४०९, ६५, ६६, १०७ र ५५३ कित्ता नम्बरको सरकारी/सार्वजनिक जग्गा भूमाफिया चाम्लिङले हडपेर भाडा खाइरहेका छन् ।

वडा कार्यालयले सरकारी/सार्वजनिक जग्गा अतिक्रमण गरेर घर/टहरा बनाएको हो कि होइन भनेर भूमाफिया चाम्लिङसँग १५ दिने स्पष्टीकरण मागेको छ ।

देवीनगरका भूमाफिया इन्द्र कुमार चाम्लिङले १०/१५ वर्षदेखि उक्त ठाउँमा सरकारी/सार्वजनिक जग्गा अतिक्रमण गरी घर/टहरा बनाएर भाडा खाएको विषयमा जिल्ला प्रशासन कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म जानकार छन् ।

अख्तियार र जिल्ला प्रशासन कार्यालयले भूमाफिया चाम्लिङले हडपेको संरचना हटाउन पटक पटक निर्देशन दिँदा पनि अहिलेसम्म हट्न सकेको छैन । तर, त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले व्यापक जनगुनासोपछि भूमाफिया चाम्लिङले सार्वजनिक जग्गा हडपेर बनाएको संरचना हटाउन सक्रियता देखाएका छन् । उनको सक्रियतालाई काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष राम कुमार केसी र मेयर बालेन्द्र शाहले साथ दिएका छन् ।

भूमाफिया चाम्लिङले हडपेको संरचना हटाउन पर्यटनमन्त्री श्रेष्ठ, मेयर बालेन र वडाध्यक्ष केसी एक ठाउँमा उभिएका छन् ।सार्वजनिक जग्गामा भूमाफियाले गरेको अतिक्रमणविरुद्ध उनीहरू एक ठाउँमा उभिएका हुन् ।

भूमाफिया चाम्लिङले अतिक्रमण गरेको सरकारी/सार्वजनिक जग्गा अब भने फिर्ता आउनेमा १० नम्बर वडाबासी आशावादी देखिन्छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #भूमाफिया इन्द्र कुमार चाम्लिङ, #वडाध्यक्ष रामकुमार केसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com