ओमिक्रोनकाे मौका छोपी भूमाफिया चाम्लिङद्वारा सार्वजनिक जग्गा कब्जा

सार्वजनिक जग्गा खानेमा एमाले नेता घिसिङ पनि


काठमाडौं । जिल्ला प्रशासन कार्यालय,  काठमाडौंले स्मार्ट लकडाउन गरेको मौका छोप्दै भूमाफिया इन्द्रकुमार चाम्लिङले बानेश्वर देवीनगरस्थित सार्वजनिक जग्गा कब्जा गरी सटर हालेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल कोरोना संक्रमित भएको र स्मार्ट लकडाउनको मौका छोप्दै भूमाफिया इन्द्र चाम्लिङ र  नेकपा एमाले सिन्धुलीका नेता हेमराज घिसिङले सार्वजनिक जग्गा कब्जा गरेर घर/ टहरा बनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौंमा माघ ७ गतेदेखि लागू हुनेगरी स्मार्ट लकडाउन गरेको मौका पारेर भूमाफिया चाम्लिङ र एमाले नेता घिसिङले सार्वजनिक जग्गा हडपेर घर बनाएका हुन् ।

भूमाफिया चाम्लिङले कित्ता बानेश्वर देवीनगरको  सार्वजनिक/ सरकारी उल्लेख भएको कित्ता नम्बर ४०९, ५४७, ७७१,७७२ कब्जा गरेर सटर हालेर संरचना बनाएका छन् ।

त्यस्तै भूमाफिया एमाले नेता घिसिङले कित्ता नम्बर १०७ उल्लेख गरिएको सार्वजनिक जग्गा हडपेर ५ तले भवन बनाउँदैछन् । कोरोनाको तेस्रो लहर र लकडाउनको मौका छोपेर भूमाफिया चाम्लिङ र घिसिङले सार्वजनिक जग्गा कब्जा गर्दा पनि बानेश्वर प्रहरी वृत्तका डिएसपी र स्थानीय सरकार काठमाडौं महानगरपालिका मौन र मुकदर्शक बनेको छ । बानेश्वरमा डिएसपी कै संरक्षणमा सरकारी/ सार्वजनिक जग्गा भूमाफिया चाम्लिङ र घिसिङले सार्वजनिक जग्गा कब्जा गरेको अनामनगर र देवीनगरका स्थानीयको आरोप छ ।

स्थानीयकाअनुसार एमालेका नेता विष्णु पौडेल बालुवाटारको जग्गा काण्डमा मुछिए जस्तै एमालेका अर्का नेता घिसिङ र राजावादी भनेर आफूलाई दाबी गर्ने इन्द्र चाम्लिङले सार्वजनिक जग्गा हडपेको पाइन्छ ।

भूमाफियाले सिंहदरबार अगाडि कै सार्वजनिक जग्गा हडपेर संरचना बनाउँदा पनि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय , स्थानीय तह र प्रहरी चुपचाप छन् ।  बानेश्वर प्रहरीलाई भूमाफियाले सार्वजनिक जग्गा हडपेको जानकारी भएपनि गृह  मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई जानकारी नदिई सेटिङमा लागेको स्थानीयको आरोप छ ।

क्याटेगोरी : सार्वजनिक सरोकार
ट्याग : ## अनामनगर, ## इन्द्र चाम्लिङ, ## एमाले नेता, ## जिल्ला प्रशासन कार्यालय, ## डिएसपी, ## देवीनगर, ## बानेश्वर, ## भूमाफिया, ## राजावादी, ## सरकारी जग्गा, ## हेमराज घिसिङ, #काठमाडौँ, #काठमाडौं महानगरपालिका

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com