नर्भिक अस्पतालको रिट आज पनि हेर्न नभ्याइनेमा


काठमाडौं । नर्भिक अस्पतालको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ ।

नर्भिक अस्पतालले  अस्पतालले आफ्नाे अवैध संरचना भत्काउन खोज्ने काठमाडौं महानगरपालिकाविरुद्ध  हालेको रिट हेेर्न नभ्याइएको हो ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको उक्त रिट हेर्न नभ्याइने गरी राखिएको हो । गत सोमबार पनि उक्त रिट हेर्न नभ्याइने सूचीमा परेको थियो । नर्भिकले आफूले बनाएको अवैध संरचना काठमाडौं महानगरपालिका हटाउन खोजेपछि सर्वोच्च अदालतबाट रातारात अल्पकालीन अन्तरिम आदेश ल्याएको थियो । उक्त आदेशको विषयमा पेशी चढेपनि लगातार हेर्न नभ्याइने सूचीमा पुग्न थालेको छ । यसले सर्वोच्च अदालतप्रति जनआस्था गिर्दो छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #नर्भिक अस्पताल, #सर्वाेच्च अदालत

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com