“कुशे औंसी” मा स्वास्थ शिविर


काठमाडौं  । कुशे औंसीकाे अवसरमा बालुवाटार स्थित महेन्द्र राष्ट्रिय माविमा निशुल्क स्वास्थ शिविरको आयोजना भएको छ । तिरुपति पिक्चर्सकाे आयाेजनामा भएकाे स्वास्थ शिविरमा २ सयले सेवा लिएकाे सस्थाकी अध्यक्ष तथा फिजियाेथेरापिस्ट सुनिता भट्टराईले बताईन् ।

भट्टराईका अनुसार कुशे औंसीमा फरक रुपले सेवा गरेकाे हाे । बुबाकाे मुख हेर्ने दिन भनिए पनि यसलाइ आफुहरुले सेवामूलक काममा ढालेकाे भट्टराईको भनाइ छ ।  शिविरमा ५ देखि माथि उमेर समूहका नागरिकको स्वास्थ्य परिक्षण गरिएको थियाे  ।

त्यस्तै शिविरमा रक्तदानकाे आयोजना गरिएको थियाे । उक्त  आयोजनामा २५ जनाले रक्तदान गरेका थिए । भट्टराईका अनुसार शिविरमा तिरुपति पिक्चर्स, जाग्यो नेपाल, शय ग्रुप, युथ फर नेशनलकाे सहयोग गरेका थिए

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com