वात्सल्य आईभीएफले नेपालमै पहिलो पटक ओभेरियन टिस्यु फ्रिजिंग गर्दै


काठमाडौं । वात्सल्य आईभीएफले नेपालमै पहिलो पटक ओभेरियन टिस्यु फ्रिजिंग गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच वात्सल्यले ओभेरियन टिस्यु फ्रिजिंग गर्ने बताइएको हो ।

वात्सल्यकी प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको अगुवाईमा, वात्सल्यले ओभेरियन टिस्यु फ्रिजिंगको विधि र आवश्यकता सम्बन्धि जानकारी गराइएको थियो । कार्यक्रममा जर्मनीका इम्ब्रोयोलोजी विशेषज्ञ डा. जोसेफ लेह्नर र डा. आकृति भारतीले यस नयाँ प्रविधि सम्बन्धि तथ्यहरु पेश गरेका थिए । साथमा डा. भोला रिजाल पनि थिए ।

यस नयाँ प्रविधि (ओभेरियन टिस्यु फ्रिजिंग) अन्तर्गत महिलाको डिम्बाशय वा यसका केहि भाग डिम्ब सहित झिकिन्छ । डिम्बसहितको टिस्युको पहिचान गरी यसको फ्रिजिंग गरिन्छ । क्यान्सर रोगका कारण केमोथेरापी गराउनुपर्ने भएमा वा प्रजनन् अङ्गमा हानी पुग्ने अन्य उपचार गराउनु परेमा यो विधि उपयोगी सावित हुन्छ । यसले डोनर एग नै लिनुपर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्ने डाक्टरहरु बताउँछन् ।

नेपालमा हालसम्म डिम्ब, शुक्रकिट र भ्रूणको मात्रै फ्रिजिंग हुँदै आएकोमा यसै कार्यक्रम मार्फत् वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदीले, नेपालमै पहिलो पटक वात्सल्यले ओभेरियन टिस्यु फ्रिजिंगको शुरुवात गरेको जनाएका छन् ।
हालसम्म निःसन्तान उपचार र सफलता प्राप्तिमा अग्र स्थानमा रहेको वात्सल्य आईभीएफले निरन्तर रुपमा नयाँ–नयाँ प्रविधिको पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको सेवा नेपालमै प्रदान गर्ने र आफ्नो “सम्भव छ !” को नारालाई साकार बानाउन कुनै कसर नराख्ने पनि जानकारी गराएका छन् ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com