'एनएमए नेसनल हल्थ समिट'

आज मेडिकल टुरिजमदेखि मेडिकल एजुकेसनसम्म बहसमा


काठमाडौं । दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलनको अन्तिम दिन आज मेडिकल टुरिजमदेखि मेडिकल शिक्षाका विषयमा बहस हुने भएको छ ।

नेपाल चिकित्सक संघ (एनएमए)ले आयोजना गरेको दुई दिने दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए नेसनल हेल्थ समिट) को आज अन्तिम दिन मेडिकल टुरिजमदेखि मेडिकल शिक्षाका विषयमा बहस हुन लागेको हो ।

आज चल्ने ४ सेसनमध्ये पहिलो सेसन समाप्त भइसकेको छ । पहिलो सेसनमा औषधि र उपकरण वितरणका बिषयमा छलफल तथा विचार बिमर्श भएको थियो । उक्त सेसनको अध्यक्ष स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले गरेका थिए । अहिले महामारीपछिको स्वास्थ्य सेवामा अवसर र चुनौतीका विषयमा बहस भइरहेको छ । उक्त सेसनको अध्यक्षता राष्ट्रिय योजना आयोगका सदस्य उमाशंकर प्रसादले  गरेका छन् । यो सेसन १२:५ बजेसम्म चल्ने नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।

१:१५ बजेदेखि मेडिकल टुरिजमको विषयमा बहस चल्ने छ । उक्त सेसनको अध्यक्षता बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले गर्ने नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्य लाइभलाई जानकारी दिए । यो सेसन बहस साढे २ बजेसम्म चल्ने उनको भनाइ छ ।

त्यस्तै नेपालमा मेडिकल शिक्षाका अवसर र चुनाैतीका विषयमा समेत सम्मेलनमा छलफल हुने छ । उक्त सेसनको अध्यक्षता चित्रलेखा यादवले गर्ने छिन् । साढे दुई बजेदेखि ३:४५ सम्म उक्त मेडिकल शिक्षाको विषयमा विज्ञहरूबीच बहस हुने भएको छ । ५ बजे दोस्रो एनएनए राष्ट्रिय स्वास्थ्य सम्मेलन समापन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष डा. कार्कीले जानकारी दिए ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #‘एनएमए नेसनल हेल्थ समिट’, ##स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंह, #अध्यक्ष डा. लोचन कार्की, #चित्रलेखा यादव, #नेपाल चिकित्सक संघ (एनएमए), #पयर्टनमन्त्री दिपेन्द्र श्रेष्ठ, #योजना आयोगका सदस्य उमाशंकर प्रसाद

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com