स्वास्थ्य लाइभ प्रभाव

अक्सिडेन्टल स्कुलले कब्जा गरेको सरकारी जग्गामा २५ वर्षपछि बालेनको डोजर लाग्यो


काठमाडौं । अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुल (ओपीएस)ले कब्जा गरेको सरकारी जग्गामा २५ वर्षपछि बालेनको डोजर लागेको छ ।

कोरोनाकालका काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले अक्सिडेन्टल स्कुलले हडपेको सार्वजनिक जग्गा भत्काउन आदेश दिएको थियो । त्यसको झन्डै दुई वर्षपछि मात्र काठमाडौं महानगरपालिकाले अक्सिडेन्टल स्कुलले अतिक्रमण गरेर बनाएको अनधिकृत संरचनामा डोजर लगाएको हो ।

काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ कार्यालयलाई अक्सिडेन्टल स्कुलले हडपेको संरचना संरक्षण गर्न निर्देशन दिएको थियो । तर तत्कालीन मेयर शाक्यको आदेशलाई वडाध्यक्ष कुश ढकालले दराजमा थन्क्याएर राखेका थिए । अहिले भने महानगरले अक्सिडेन्टल स्कुलले सरकारी जग्गामा बनाएको अनधिकृत संरचनामा डोजर लगाएको हो ।

दिपक विष्ट, कुलबहादुर निरौला, टेक बहादुर पौडेललगायतले सञ्चालन गरेको अक्सिडेन्टल पब्लिक स्कुलले विगत २५ वर्षबढीदेखि सरकारी जग्गामा रजाइँ गरिरहेका थिए । स्वास्थ्य लाइभले अक्सिडेन्टल पब्लिक स्कुलको कर्तुत खुलासा गरेपछि महानगरको डोजर चलेको हो ।

अक्सिडेन्टल पब्लिक स्कुलले १६ आना सरकारी जग्गा कब्जा गरेको मात्र थिएन थप ८ आना जग्गा दुषित दर्ता समेत गराएको थियो । उक्त जग्गा सामाजिक विकास समाजको अगुवाइमा फिर्ता आइसकेको छ । उक्त ठाउँमा वडा नम्बर २९ को भवन बनाउनु पर्ने स्थानीयको माग छ । तर वडा कार्यालय त्यसमा सहमत देखिँदैन ।

क्याटेगोरी : समाचार
ट्याग : #अक्सिडेन्टल पब्लिक स्कुल (ओपीएस), #बालेन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com