किष्ट मेडिकल कलेजद्वारा सत्यमोहन जोशीको सम्पूर्ण उपचार ‘फ्री’मा


काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजले शताब्दी वाङ्मयपुरूष सत्यमोहन जोशीको सम्पूर्ण उपचार निःशुल्क (फ्री)मा गरिरहेको छ । डेंगु संक्रमित जोशीलाई किष्ट शिक्षण अस्पतालले भीआईपी शय्यामा राखेर निःशुल्क उपचार गरिरहको हो ।

किष्ट मेडिकल कलेजका प्रमुख डा. बालमानसिंह कार्कीले शताब्दी पुरूष सत्यमोहन जोशीको सम्पूर्ण उपचार निःशुल्क रुपमा गरिएको बताए । उनले संस्कृतिविद् जोशी राष्ट्र कै सम्पत्ति भएकाले आफूहरूले पनि सम्पूर्ण उपचार र स्वास्थ्य सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको स्पष्ट पारे ।

‘बिगत २ वर्षदेखि किष्ट मेडिकल कलेजले सत्यमोहन जोशीको सम्पूर्ण उपचारको जिम्मा लिएको छ’, डा. कार्कीले स्वास्थ्य लाइभसँग भने, ‘ जोशीलाई स्वास्थ्य सेवा प्रदान गर्न निजी निवासमै नर्स समेत पठाउने गरेका छौं । अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था आए यतै ल्याएर उपचार गर्छौं । उहाँको जीवनकालसम्म सम्पूर्ण स्वास्थ्य उपचारको जिम्मा किष्टले लिन्छ ।’,

किष्ट मेडिकल कलेजले सत्यमोहन जोशीको सम्पूर्ण उपचारको जिम्मा लिएर राष्ट्रलाई नै गुन लगाएको छ । उनी राष्ट्र कै सम्पत्ति भएकाले राज्यले उपचार गर्नु पर्ने हुन्थ्यो तर त्यो जिम्मा किष्ट मेडिकल कलेजले लिएको छ । जोशी अहिले १०४ वर्ष लागे । उनी एक हप्ता बढीदेखि किष्ट मेडिकल कलेजमा उपचाररत रहेका छन् । उनको स्वास्थ्य क्रमिक रूपमा सुधार हुँदै गइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

शनिबार मात्र संस्कृतिविद् सत्यमोहन जोशीलाई भेट्न उपराष्ट्रपति नन्द बहादुर पुनदेखि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठसम्म पुगेका छन् । उनको स्वास्थ्य अवस्था बुझ्न आउने भीआईपीको किष्ट मेडिकल कलेजमा भीड लाग्न थालेको छ । तर, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ पुग्दा भने माहोल फरक बन्यो । आफ्नो जीवनको ‘अन्तिम इच्छा’ भन्दै सत्यमोहनले निर्माण गर्न लगाएको चक्रसंवर पौभा निर्माणम उनले गरेको योगदानको चर्चा समेत गर्न भ्याए ।

क्याटेगोरी : समाचार
ट्याग : #किष्ट मेडिकल कलेज, #चक्रसंवर पौभा, #डा. बालमानसिंह कार्की, #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #शताब्दी वाङ्मयपुरूष सत्यमोहन जोशी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com