सत्यमोहनले अस्पतालबाटै दिपेन्द्रलाई भने, ‘मेरो अन्तिम इच्छा पूरा गरिदिएकोमा धन्यवाद !’


काठमाडौं । डेंगु संक्रमित भएर ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका शताब्दी वाङ्मयपुरूष सत्यमोहन जोशीको मुहारमा चमक देखियो। अस्पतालको शप्यामा आराम गरिरहेका संस्कृतिविद् सत्यमोहन जोशीको मुहारमा एक्कासी चमक आउनुको कारण बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ हुन् ।

सत्यमोहनले पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठलाई देख्नेबित्तिकै हँसिलो अनुहार बनाएर भने, ‘मेरो जीवनको अन्तिम इच्छा पूरा गरिदिएको धन्यवाद ! चक्रसंवर पौभा राष्ट्र कै सम्पत्ति हो । यहाँको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा जान्छ ।’,

 

सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्न किस्ट अस्पताल पुगेका पर्यटनमन्त्री श्रेष्ठलाई देखेपछि उनी निकै उत्साहित भएर चक्रसंवर पौभाको प्रसंग झिकिहाले ।  चक्रसंवर पौभा निर्माणका लागि आवश्यक बजेट विनियोजन भइसकेको र उक्त बजेट चाँडै उपलब्ध गराइने पर्यटनमन्त्री श्रेष्ठले सत्यमोहनलाई बचन दिए ।

शताब्दी पुरुष सत्यमोहन जोशीले गत चैत्रमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठलाई घरमै बोलाएर चक्रसंवर पौभा निर्माण गर्ने ‘अन्तिम इच्छा’ व्यक्त गरेका थिए । उनको इच्छा अनुसार पर्यटनमन्त्री श्रेष्ठले चक्रसंवर पौभा निर्माण गर्ने सम्पूर्ण दायित्व आफूले लिने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रतिबद्धता अनुसार नै उनले सत्यमोहन ‘अन्तिम इच्छा’ पूरा गरिदिन आवश्यक पर्ने ४५ लाख बजेट विनियोजन गरिदिएका हुन् ।

पर्यटनमन्त्री श्रेष्ठले चक्रसंवर पौभा निर्माण गर्ने आफ्नो ‘अन्तिम इच्छा’ पूरा गरिदिएको भन्दै सत्यमोहनले अस्पतालको शय्याबाटै उनलाई विशेष धन्यवाद दिएका हुन् । नेपालको कला र संस्कृति झल्किने चक्रसंवर पौभा निर्माण गरेर विश्व सम्पदा सूचीमा सूचीकृत गराउने सत्यमोहनको इच्छा रहेको छ ।

गुप्त चित्रका रूपमा रहेको चक्रसंवर पौभा निर्माण गर्न बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठले विशेष भूमिका खेलेका छन् । सत्यमोहनले आफ्नो ‘अन्तिम इच्छा’को रुपमा प्रस्तुत गरेको चक्रसंवर पौभा निर्माण गर्ने कुरामा उत्साहित भएका पर्यटनमन्त्री श्रेष्ठले तत्काल त्यसका लागि आवश्यक बजेटको प्रबन्ध गरेका हुन् । लोक चित्रकारको नेतृत्वमा चक्रसंवर पौभा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चक्रसंवर पौभाले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने पर्यटनमन्त्री श्रेष्ठको विश्वास छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #किष्ट मेडिकल कलेज, #चक्रसंवर पौभा, #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #शताब्दी वाङ्मयपुरूष सत्यमोहन जोशी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com