एकछत्र राज गरिरहेका हृदेश त्रिपाठीलाई विनोद चौधरीले ‘ब्रेक’ लगाउलान् ?


काठमाडौं । नवलपरासीमा एकछत्र राज गरिरहेका पूर्व स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलाई एयसपटक डलर अर्बपति विनोद चौधरी चुनौती बनेका छन् ।

नवलपरासी-१ बाट ५ पटक निर्वाचन जितिसकेका त्रिपाठीलाई यसपटक कांग्रेसबाट उम्मेदवार बनेका चौधरीले चुनौती दिने चर्चा छ । जनता प्रगतिशील पार्टी नेपाल खोलेर नेतृत्व गर्दै चुनावी मैदानमा खडा भएका त्रिपाठीलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा चौधरीले ‘ब्रेक’ लगाइदिने चर्चा चलेको हो । तर, त्रिपाठी भने आफ्नो क्षेत्रका मतदाताको इज्जत गिर्ने काम नगरेकाले आफूले फेरि जित्ने दाबी गर्छन् । आफू राजनीतिक रुपमा कलंकित नभएको र आफ्नो क्षेत्रका जनताले कसैसँग शीर निहुरियाउनु पर्ने अवस्था आउन नदिएको उनको भनाइ छ ।

स्वास्थ्यमन्त्री हुँदा खासै विवादमा नआएका त्रिपाठी अघिल्लो पटक नेकपा एमालेको सूर्य चिन्ह लिएर उठ्दा पनि जितेका थिए । जनता प्रगतिशील पार्टी नेपाल पार्टी खोलेका त्रिपाठी र कांग्रेस उम्मेदवार चौधरीबीच नै नवलपरासी-१ मा मुख्य प्रतिस्पर्धा रहेको विश्लेषण रहेको छ ।

चौधरीको उम्मेदवारीलाई लिएर पार्टीभित्र र गठबन्धनभित्र पनि विवाद रहेकाले जीत हासिल गर्ने रणनीतिमा त्रिपाठी लागेका छन् । त्रिपाठीका लागि संसदमा छटौं पटकको यात्रामा चौधरी बाधक बन्न सक्ने सम्भावना उत्तिकै छ । चौधरीको प्रभावले राजनीतिमा त्रिपाठीको ‘ब्रेक’ लाग्न सक्ने आँकलन गर्नेहरू पनि उत्तिकै छन् ।

 

 

 

क्याटेगोरी : समाचार
ट्याग : #विनोद चौधरी, #हृदेश त्रिपाठी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com